सुर्खेत । कोकर्णाली प्रदेशमा विपद्का घटनामा परि चालु आर्थिक वर्षको नौ महिनामा ६५ जनाको मृत्यु भएको छ । भने एक सय दश जना घाइते भएका छन् ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ९ महिनामा विपद्का घटनामा परि प्रदेशभर ६५ जनाको मृत्यु भएको हो ।
सबैभन्दा धेरै पहिरोका कारण मानवीय क्षति हुने गरेको मन्त्रालयको तथाङकमा उल्लेख छ ।
वर्षाको कारण एक हजार ६ सय ३५ भन्दा धेरै घटना भएका छन भने पहिरोका कारण ४८ वटा घटना भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन अधिकृत कृष्णबहादुर रोकायाले जानकारी दिनुभयो ।
उहाका अनुसार पहिरोका कारण ३८ जनाको मृत्यु भएको छ भने आगलागीबाट ७ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ८६ वटा आगलागीका घटना भएका छन् । जसका कारणसात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
यसैगरी चट्याङका ३३ वटा घटना भएका छन् भने तीन जनाको मृत्यु भएको छ चार जना घाइते भएका छन । यो वर्ष पहिरोका तीन सय ४८ वटा घटना भएका तथ्याङ्कमा जनाइएको छ ।
कर्णालीमा विपद्का घटनामा परि चालु आर्थिक बर्षमा ६५ जनाको मृत्यु
कर्णालीमा विपद्का घटनामा परि चालु आर्थिक बर्षमा ६५ जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
