सुर्खेत । शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन कर्णाली प्रदेश सरकारसँग माग गरिएको छ ।
शिक्षा क्षेत्रलाई अगाडी नबढाएसम्म अन्य क्षेत्र अगाडी बढ्न नसक्ने भन्दै
कम्तीमा २० प्रतिशत बजेट छुट्याउन पैरवी गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
एजुकेट कर्णाली नेपालले सामाजिक विकास मन्त्री खड्कबहादुर पोख्र्रेललाई ज्ञापनपत्र बुझाउँदै शिक्षामा २० प्रतिशत बजेट बिनियोजना गर्न माग राखेको छ ।
सामुदायिक विद्यालयमा शिक्षक दरवन्दी पूर्ण रुपमा पूरा हुन नसकेको, बजेट अभावमा कर्णालीमा ४० प्रतिशत दरवन्दी शुन्य रहेको, अधिकांश विद्यालयहरुमा विषयगत शिक्षकहरुको अभाव रहेको, बजेट अभावमा शिक्षकहरुलाई पर्याप्त तालिम नभएको, विद्यालय भवनहरु जीर्ण हुँदा प्रभावकारी अध्ययन हुन नसकेको, आधारभूत विद्यालयहरुमा दिवाखाजाको अभावले विद्यार्थीहरुको पठन पाठन प्रभावकारी नभएकोले यी सवै समस्याको समाधान गर्न शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन भनिएको छ ।
ज्ञापनपत्र बुझाउँदै एजुकेट कर्णाली नेपालका संयोजक मनवीर नेपालीले विगतमा शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन नहुँदा शैक्षिक उपलव्धी हासिल हुन नसकेकोले अहिले प्रदेश सरकारलाई २० प्रतिशत बजेट छुट्याउन ध्यानाकर्षण गराइएको बताउनुभयो ।
शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन माग
शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
