सुर्खेत । कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ १० गतेदेखि सुरु हुने भएको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ १० गते दिउँसो ३ बजे बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।
अधिवेशनमा सरकारको नीति, कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । यतिबेला प्रदेश सरकारले नीति तथा कार्यक्रमको तयारी तीव्र रूपमा पारिरहेको छ भने अर्थमन्त्री बेदराज सिंहले बजेट निर्माणको विषयलाई लिएर बृहत् छलफल चलाइरहेका छन् ।
यसअघि १७ वैशाखमा प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको थियो । नयाँ सरकार गठनयता पहिलो अधिवेशनमा १५ वटा बैठक बसेको थियो ।
कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ १० गतेदेखि सुरु हुने
कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ १० गतेदेखि सुरु हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
