सुर्खेत । देशको कुल ग्रह्यस्थ्य उत्पादनमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको देखिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी कर्णाली प्रदेश कुल ग्रह्यास्थ्य उत्पादनमा ४ प्रतिशत मात्रै योगदान रहेको जानकारी दिएको हो ।
चालु आर्थिक बर्षको कुल ग्रह्यास्थ्य उत्पादन उपभोक्ताको मुल्य प्रदेशको २ खर्ब २१ अर्ब हुने अनुमान गरिएकोमा त्यलाई संशोधन गरि २ खर्ब १ अर्ब रकम राखिएको छ ।
यो बर्ष कर्णालीको आर्थिक वृद्धिदर १.९ प्रतिशत हुने अनुमान गरिएको छ, जुन अघिल्लो आर्थिक बर्षमा ५.३ प्रतिशत थियो ।
प्रदेशमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रमा ३०.८ प्रतिशत रहेको छ भने सबैभन्दा कम योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको ०.२ प्रतिशत छ । तथापी अन्य प्रदेशको तुलनामा कर्णालीमा सार्बजनिक प्रसाशन र रक्षा क्षेत्रमा भने कुल ग्रह्यास्थ्य उत्पादनमा योगदान धेरै छ ।
प्रदेशको प्रति व्यक्ती आय भने ९ सय ९७ पुग्ने अनुमान गरिएको छ । कर्णाली प्रदेश योजना आयोगले समेत आगामी बर्षसम्म प्रदेशको प्रति व्यक्ती आय ११ सय ४७ रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम कृष्ण थापाले प्रदेशको आर्थिक सर्वेक्षण र योजना निर्माणको तयारीमा रहेको भन्दै यो तथ्याङ्कले सहयोग पुग्ने बताउनुभयो ।
यता, प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र बहादुर शाहीले अर्थतन्त्र उत्पादनमुखि नभएको भन्दै अबका योजना उत्पादनमुखितिर केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले प्रदेशमा आउने सबै बजेट कार्यान्वयन भएमात्रै पनि कुल ग्रह्यास्थ्य उत्पादन बढ्ने बताउनुभयो ।
अहिले पनि ६ अर्बको वस्तुहरु निर्यात भएको भन्दै यस्तो निर्यात बढाउनेगरी काम गनुपर्नेमा उहाले जोड दिनुभयो ।
कुल ग्राह्स्थ्य उत्पादनमा कर्णालीको योगदान कमजोर
कुल ग्राह्स्थ्य उत्पादनमा कर्णालीको योगदान कमजोर
"प्रति व्यक्ती आय ९४७ डलर "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
