सुर्खेत । फिष्टुला नियन्त्रणको २० बर्ष उपलब्धी पर्याप्त हुन नसकेको सरोकारवाहरुले बताएका छन ।
अन्तराष्ट्रिय फिष्टुला दिवसको अवसरमा आज फिष्टुला अस्पताल केन्द्रले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।
उनीहरुले सन २००९ देखी फिष्टुलाका लागि भन्दै विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन हुँदै आएको भएपनि अझै प्रभावकारी हुन नसकेको बताएका छन ।
नेपाल पत्रकार महासंघ सुर्खेतका निर्वतमान उपाध्यक्ष माया थापाले पश्चिम नेपालका फिस्टुला रोगबाट ग्रसित महिलाहरुको पूर्णरुपमा निःशुल्क उपचार पाउने भएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले अझै ग्रामिण क्षेत्रमा रोग लुकाउने जस्ता समस्या देखिएकाले जन चेतनामुलक कार्यक्रम गर्न आवश्यक औल्याउनु भयो।सन २०३० सम्म फिष्टुला अन्त्य गर्ने लक्ष्य रहेपनि अहिले पनि फिष्टुलाका विरामीहरुले फेला पर्ने गरेका छन ।
साईनिङ्ग अस्पताल आई एनएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा फिस्टुला उपचार केन्द्रबाट निशुल्क सेवा प्रदान हुँदै आएको छ ।
अस्पतालले कर्णाली, लुम्बीनि र सूदुरपश्चिमका दुर्ग जिल्लाहरुमा स्त्रीरोग सम्बन्धी शिविर संचालन गर्ने क्रममा केही फिस्टुला बिरामीहरु पत्ता लागेको जनाईएको छ ।
हालसम्म वार्षिक शिविर मार्फत झन्डै चार सय जनाले सेवा लिएको फिष्टुला अस्पतालले जनाएको छ ।
२६६ र नियमित सेवा मार्फत १२५ गरि जम्मा ३९१ जना विरामीलाई सेव प्रदान गरिएको फिस्टुला सर्जन सुभेच्छा श्रेष्ठले बताउनुभयो ।
उहाँले सुर्खेतमा रहेको फिष्टुला केन्द्रमा उपचारको लागि आएका ९० प्रतिशत विरामीलाई निको बनाएर पठाईएको बताउनुभयो ।
कार्यक्रममा फिस्टुला केन्द्रका निर्देशक तथा स्त्रीरोग विशेषज्ञ डा. सेर्ली हेउडले अस्पातलमा सेवा लिन आउनेको संख्या बढेको बताउनुभयो।उहाँले विभिन्न ठाउँमा फिस्टुलाको समस्या महिलाहरु धेरै भएकाले त्यस्ता महिलाहरुको उपचारको लागि देखेको सपना पूरा भएको बताउनुभयो ।
यस्तै कार्यक्रममा अस्पतालका निमित्त निर्देशक डाक्टर गणेश थापाले फिष्टुला सम्बन्धि जनचेतना जगाउन सके रोगको पहिचान हुन सहजहुने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो समय अस्पतालले दिएको सेवा प्रभावकारी भएकै कारण विरामीहरुको चाप बढेको जिकिर गर्नुभयो ।
कार्यक्रममा प्रदेश अस्पतालका स्त्रीरोग विभागका प्रमुख केशर ढकालले कर्णालीका महिलाहरुमा फिस्टुलाको समस्या अत्यधिक हुने गरेकोले सुर्खेतमा अस्पताल स्थापना गरिएकाले सहज भएको बताउनुभयो।उहाँले विरामीले रोग लुकाउने चलनका कारण यस क्षेत्रमा फिस्टुला नियन्त्रणमा चुनौती देखिएको बताउनुभयो ।
फिस्टुला केन्द्रले निःशुल्क उपचारका साथै बिरामी र कुरुवालाई यातायात खर्चसमेत उपलब्ध गराउने गरेको छ ।
रोग लुकाउने प्रवृत्तिका कारण यस क्षेत्रमा फिस्टुलाका बिरामी कति छन् भन्ने यकिन तथ्यांक भने छैन ।
फिष्टुला नियन्त्रणको २० बर्ष उपलब्धी पर्याप्त भएनः सरोकारवाला
फिष्टुला नियन्त्रणको २० बर्ष उपलब्धी पर्याप्त भएनः सरोकारवाला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
