सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु भएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम कर्णाली प्रदेशका प्रमुख तिलक परियारको आव्हानमा प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु भएको हो ।
आजको बैठकमा बोल्दै सांसदहरुले जनचाहानाअनुसारको विकास निर्माणमा ध्यान दिन र त्यही अनुसारको बजेट बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नयाँ नीति कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहदा बिचौलियाहरुको विकविकी बढीरहेको बताएका छन ।
बैठकमा भाग लिदै नेकपा एमाले संसंदीय दलका नेता यामलाल कंडेलले रित पुर्याउन वडासम्म सरकारले उर्दी जारी गरेको भन्दै आधिकारिक रुपमै बिचौलिया हाबी बनाएको जिकीर गर्नुभयो ।
चालु आर्थिक बर्षको बजेट खर्च पनि निरासाजन रहेको र विकास निर्माणका काम पनि अगाडी नबढेको भन्दै कंडेलले हरेक योजनामा भष्ट्राचार मौलाईरहेकोतर्फ सरकारको ध्यान जान नसकेको बताउनुभयो ।
सरकारले सच्चिएर अगाडी बढ्नुपर्ने भन्दै उहाले जनताको आवश्यकताअनुसार नीति कार्यक्रम बनाउन आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले सरकारले नीति कार्यक्रम कागजमा मात्रै ल्याउन तर कार्यान्वयन कहिले नहुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने भन्न लागेको बर्षौ भएपनि त्यो योजनामै सिमित हुन पुगेको बताउनुभयो ।
अब आउने बजेट यो पार्टी त्यो पार्टी नभनेर कर्णालीका हरेक समस्या समाधानको हुनेगरी बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो ।
सांसद महेन्द्र केसीले कर्णालीको गरिबी र कुसंस्कारका विरुद्ध एकजुट हुनुको विकल्प हुनुको विकल्प नरहेको भन्दै अन्य प्रदेशभन्दा नमुना काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कर्णालीलाई मात्रै होइन देशलाई नै समृद्ध बनाउन श्रोत साधन कर्णालीमा रहेको भन्दै उहाले त्यसको लागि सरकार स्थिर हुनुपर्ने बताउनुभयो ।
सांसद कल्याणी खड्का, सांसद देवेन्द्र बहादुर शाहीले पनि आजको बैठकमा आफ्ना धाराणा राख्दै सरकारले अब आउने बजेटमा उत्पादन र रोजगारीको कुरालाई जोड दिन सुझाव दिएका छन ।
बजेट अधिवेशनका रूपमा रहेको यो अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्नेछ ।
कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सुरु
कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
