सुर्खेत । कर्णाली प्रदेश सरकारले गरिबी, भोकमरी र बेरोजगारीको अन्त्य सहित दिगो आर्थिक समृद्धि हासिल गर्नेगरी आगामी आर्थिक बर्षको बजेट केन्द्रीत गरिने जनाएको छ ।
कर्णाली प्रदेशसभाको आज बसेको बजेट अधिवेशनको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले आगामी आर्थिक बर्ष २०८०÷८१ का बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटका प्राथमिकता र सिद्धान्तमा गरिबी, भोकमरी र बेरोजगारीको अन्त्य सहित दिगो आर्थिक समृद्धि हासिल गर्नेगरी केन्द्रित गरेको बताउनुभयो ।
नेपाल सरकारको पन्ध्रौं योजना र कर्णाली प्रदेशको पञ्च बर्षे योजनालाई आधार बनाएर बजेटमा प्राथमिकता दिईने मन्त्री सिंहले बताउनुभयो ।
समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको दीर्घकालीन सोचका साथ समावेशी, दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्दै आर्थिक, सामाजिक रुपान्तरण, समतामूलक समाज, सामाजिक न्याय सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि पूर्वाधार भन्ने मूल मर्मका साथ आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट तर्जुमा गरिने अर्थमन्त्री सिंहले बताउनुभयो ।
उहाले बजेट निर्माणमा यथार्थता, कार्यान्वयनमा प्रभावकारिता र नतिजाको सुनिश्चितता सहित समग्र वित्तीय सुशासन कायम गर्दै स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरिने बताउनुभयो ।
उत्पादन वृद्धि, रोजगारी सिर्जना हुने गरी दिगो प्रतिफलयुक्त कार्यक्रम एवम् आयोजनाहरूमा बजेट विनियोजन गरिने बताउँदै उहाले सङ्घीय सशर्त, समपूरक र विशेष अनुदानबाट सञ्चालित आयोजनाहरूको कार्यान्वयनको लागि विशेष पहल गरिने बताउनुभयो ।
समृद्ध कर्णाली निर्माणका लागि प्रत्येक वर्ष कम्तिमा दश हजार रोजगारी सिर्जना हुने गरी बहुक्षेत्रीय उपयोग र बहुपक्षीय साझेदारीमा कर्णालीसमृद्धिअभियान मार्फत स्वरोजगारयुक्त उद्यमशील समाज निर्माण गर्न प्रदेशभित्रका संरचनालाई परिचालन गर्ने नीति लिइनेछ प्रस्तु बजेटका प्राथामिकता र सिद्धान्तमा भनिएको छ ।
कर्णाली प्रदेशमा स्थायी बसोबास भएका आर्थिक, सामाजिक रुपमा पछि परेका बेरोजगार युवा, साना उद्यमी, साना व्यवसायी र कृषकहरूलाई उत्पादनमूलक उद्योग व्यवसाय स्थापना तथा सञ्चालनका लागि सहज वित्तीय पहुँच पु¥याउन स्थानीय तह र प्रदेश सरकारको सहलगानीमा एकवित्तीयसंस्था स्थापना गरी सहज र सहुलियत कर्जा उपलब्ध गराउने नीति अवलम्बन गरिने छ, बजेटका प्राथमिकतामा भनिएको छ ।
स्वास्थ्य जनशक्ति, उपकरण र स्वास्थ्य सामग्रीको सहज आपूर्ति एवम् उपलब्धताको सुनिश्चित गरी विभिन्न किसिमका महामारी तथा रोगको रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको उचित प्रबन्ध मिलाउने र त्यसका लागि अत्यावश्यक औषधीको नियमित आपूर्तिको व्यवस्था मिलाइने मन्त्री बजेटका प्राथमिकतामा उल्लेख छ ।
कर्णाली सरकारको आगामी वर्षको बजेटका प्राथमिकताः गरिबी, भोकमरी र बेरोजगारीको अन्त्य
कर्णाली सरकारको आगामी वर्षको बजेटका प्राथमिकताः गरिबी, भोकमरी र बेरोजगारीको अन्त्य
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
