सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहले अब मिलेर अगाडी बढ्नुपर्ने बेला आएको बताउनुभएको छ ।
सुर्खेतमा आज गरिएको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै पूर्व राजा शाहले अब मिलेर अगाडी बढ्नुपर्ने बेला आइसकेको बताउनुभएको हो ।
राजनितिक दलहरुतर्फ संकेत गर्दै उहाले अब नागरिक विभाजित गरेरभन्दा जुटेर, डटेर देशको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाले देशको स्वभिमान बचाउन एक हुनुको विकल्प नरहेको भन्दै के गर्दा देशको हित हुन्छ ? त्यतातर्फ केन्द्रीत हुन आवश्यक रहेको औल्याउनुभयो ।
घण्टाघर अगाडी गरिएको कार्यक्रममा पूर्व राजा रानीलाई दैलेख पञ्चकोशीको जलपान गराएर नागरिक अभिनन्दन गरिएको हो ।
नागरिक अभिनन्दनका लागि १००८ सदस्यी समिति र २० सदस्यीय उपसमिति समेत गठन गरिएको थियो ।
सुर्खेतको विकासको प्रारुप तयार गर्न राजा वीरेन्द्र र ज्ञानेन्द्रको ठुलो योगदान भएको भन्दै अभिनन्दन गरिएको मुल तयारी समितिका संयोजक मुकुन्दश्याम गिरीले बताउनुभयो ।
कार्यक्रममा राजा आउ देश बचाउ भन्ने नारा समेत लगाइएको थियो ।
पूर्व राजाको प्रस्तावः अब मिलेर जाऊ
पूर्व राजाको प्रस्तावः अब मिलेर जाऊ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
