कर्णाली प्रदेश सभाका विषयगत समितिहरुको नेतृत्व सर्वसहमतिले चयन भएको छ। विषयगत समितिमा मनोनित सदस्यहरुबाट नेतृत्व चयन गरिएको हो।
सार्वजनिक लेखा समितिको सभापतिमा जित बहादुर मल्ल र प्रदेश मामिला समितिको सभापतिमा कल्याणी खड्का चयन हुनुभएको छ। यस्तै सामाजिक विकास समितिको सभापतिमा घनश्याम भण्डारी र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा दुर्गा बहादुर रावत चयन हुनुभएको छ। निर्वाचन पाछि आजै सभामुख नन्दा गुरुङले निर्वाचित समितिका सभापतिहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ। यसअघि दलहरुको सिफारिसमा सभामुख गुरुङले विषयगत समितिमा सहस्यहरु मनोनित गर्नुभएको थियो।
