राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भु–राजनितिक चपेट्टमा नेपाल पर्दै गएको बताउनुभएको छ ।
प्रदेश स्तरिय निर्वाचन समिक्षात्मक बैठकमा सहभागी हुन सुर्खेत आउनुभएका लिङ्देनले आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
बैदेशिक हस्तक्षेप पहिलेभन्दा बढेको भन्दै उहाले अर्कोतर्फ अर्थतन्त्र कमजोर अवस्थामा पुगेको बताउनुभयो । …आवाज…
देश अफ्ठेरो स्थितिमा पुग्दा पनि भ्रखरै सरकारले ल्याएको नीति कार्यक्रमले सुधारको कुनै संकेत नदिएको बताउनुभयो । ….आवाज….
देशको यो अवस्था आउनुमा मुख्य राजनितिक दल र अहिलेको व्यवस्था रहेको उहाको दाबी छ ।
भुटानी शरनार्थी प्रकरणका विषयमा बोल्दै उहाले यो देशको लज्जाको विषय रहेको भन्दै यो राज्य विरुद्धको अपराध भएको बताउनुभयो । यो प्रकरणमा मुछिएका कोही पनि उम्कन नहुने उहाको भनाई छ ।
पत्रकार सम्मेलनमा बोल्दै राप्रपा प्रवक्ता एवम जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले रारा र शे फोक्सुन्डो जोड्ने सडक निर्माण गर्नुपर्ने बताउनुभयो ।
उहाले जुम्ला बिमान स्थल स्तरउन्नती र विस्तार गरिने बताउँदै २०२९ सालपछि जुम्ला बिमानस्थल विस्तार गर्न लागिएको बताउनुभयो । ….आवाज….
निर्वाचन प्रदेश स्तरिय समिक्षात्मक बैठकमा सहभागि हुन राप्रपा अध्यक्षसहित उपाध्यक्ष रविन्द्र मिश्र पनि सुर्खेत आउनुभएको छ ।
भु–राजनितिक चपेट्टमा नेपाल पर्दै गएको छ: लिङ्देन
भु–राजनितिक चपेट्टमा नेपाल पर्दै गएको छ: लिङ्देन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
