जीपले ठक्कर दिँदा एकजनाको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको छ ।
गयराती सुर्खेत वीरेन्द्रनगर १० बुलबुले नजिकै जिपले मोटरसाईकलाइ ठक्कर दिँदा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
मूत्यु हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका– १ घर भएर हाल वीरेन्द्रनगर १२ पिपिरामा कोठा भाडामा बस्ने ३५ बर्षका अकबिर खड्का रहेको प्रहरीले जनाएको छ ।
खड्काको मृत्यु भएपछि आफन्तले दोषीलाई कारवाही र उचित क्षतीपुर्ती दिन माग गर्दै वीरेन्द्रनगरमा सवारी आवागमण बन्द गराएका हुन ।
प्रहरीका अनुसार तिनकुनेचोकबाट मंगलगडीचोक तर्फ आउदै गरेको कर्णाली प्रदेश ०२००१ ज.०५७३ नम्बरको जिप र त्यही दिशाबाट आउदै गरेको कर्णाली प्रदेश ०२००१प. ७८७४ नम्बरको को मोटरसाईकल एक आपसमा ठोक्किएका थिए । घाईते भएका खड्काको निधारमा चोट लागेको थियो ।
स्थानिय माया नर्सिङ्ग होममा सामान्य उपचार पछी उहालाई कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाईएको थियो ।
उहाको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि आफन्तहरु आन्दोलित भएका हुन ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
जीपले ठक्कर दिँदा एकजनाको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
जीपले ठक्कर दिँदा एकजनाको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
