सुर्खेत । संघिय सरकारले ल्याएको आर्थिक बर्ष २०८०÷८१ को बजेटमा कर्णालीका विभिन्न क्षेत्रहरु समेटिएका छन ।
अर्थमन्त्री डाक्टर प्रकाशसरण महतले संघिय संसदमा प्रस्तुत गर्नुभएको बजेटमा कर्णालीका विभिन्न क्षेत्रहरु समेटिएका हुन ।
जस अन्तरगत कर्णालीको रैथाने बालिको उत्पादन बढाउने र उत्पादित वस्तुको बजारिकरण गरिने भएको छ ।
रैथानेमा गर्व गरौँ भन्ने नाराका साथ अर्थमन्त्री महतले रैथाने बालिको उत्पादनलाई ब्राडिङ गरि बजारिकरणमा सहजिकरण गरिने बताउनुभयो ।
महतले प्रस्तुत गर्नुभएको बजेटमा सुर्खेतको थोक बजार स्तरमा विषाधी द्रुत परिक्षण जप्रयोगशाला स्थापना गरिने उल्लेख छ । त्यसको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
कर्णालीमा जडीबुटी प्रशोधन उद्योग संचालन गर्नेगरी योजना अगाडी बढाइने प्रस्तुत बजेट वक्तव्यमा भनिएको छ ।
मध्यपहाडी राजर्माग अन्तरगत जाजरकोट खण्ड र मदन भण्डारी राजर्मा अन्तरगतको सुर्खेत खण्ड निर्माण तथा स्तर उन्नतीको लागि समेत बजेट बिनियोजन गरिएको छ भने हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नेगरी कर्णाली करिडोर निर्माणका लागि ९७ करोडक रकम विनियोजन गरिएको अर्थमन्त्री महतले बताउनुभयो ।
त्यसैगरी दैलेखको पेट्रोल अन्वेशन उत्खनन कार्यलाई अगाडी बढाइने अर्थमन्त्री महले प्रस्तुत गरेको वजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
हिमाली जिल्लाहरुमा खाद्यन्न ढुवानीमा दिइँदै आएको अनुदानलाई निरन्तरता दिइएको भन्दै उहाले प्रदेश स्तरिय आधुनिक खाद्य गोताम घर निर्माण गरिने त्यसको लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो ।
कर्णालीको छत्रेश्वरी भगवती दैलेखको पञ्चकोषी लगायतका क्षेत्रको विकास र सौन्दर्यकरण गरी अन्य पर्यटन क्षेत्र विकासको लागिव २ अर्ब १३ करोडक रकम विनियोजन गरिएको अर्थमन्त्री महतले बताउनुभयो ।
त्यसैगरी, रुकुम र जुम्ला बिमानस्थल स्तरउन्नती आगामी आर्थिक बर्षभित्र गरिने भएको छ भने सुर्खेतमा मेडिकल कलेज संचालनमा ल्याउने पनि बजेटमा भनिएको छत ।
सुर्खेतमा आगामी बर्षदेखि सरुवा रोग अस्पताल संचालनमा ल्याउने बजेट वक्तव्यमा भनिएको छ ।
त्यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत दैलेखको आठबिस नगरपालिकामा एक सय शैयाको अस्पताल संचालनमा ल्याउनेगरी बजेट बिनियोजन गरिएको अर्थमन्त्री महतले बताउनुभयो ।
संघिय सरकारको बार्षिक बजेटः कर्णालीका कुन-कुन क्षेत्र समिटिए ?
संघिय सरकारको बार्षिक बजेटः कर्णालीका कुन-कुन क्षेत्र समिटिए ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
