सुर्खेत । संघीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब बजेट पाएका छन् । आर्थिक वर्ष २०८०÷०८१ का लागि संघीय सरकारले कर्णाली ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख बजेट दिएका हो ।
जिल्लागत रुपमा हेर्दा सुर्खेतका स्थानीय तहले सबैभन्दा बढी बजेट पाएका छन् । सुर्खेतका ९ स्थानीय तहले कुल ४ अर्ब ८८ करोड ३२ लाख बजेट पाएका हुन् ।
त्यस्तै मुगुका स्थानीय तहले सबैभन्दा कम बजेट पाएको छ । मुगुका चार वटा स्थानीय तहको बजेट सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भन्दा पनि कम छ ।
मुगुका तीन वटा गाउँपालिका र एउटा नगरपालिकाले गरेर कुल १ अर्ब ३९ करोड ६६ लाख मात्रै बजेट पाएका छन् । जबकी संघीय सरकारले सुर्खेतको वीरेन्द्रनगरलाई नै १ अर्ब ६२ करोड ७४ लाख पाएको छ ।
त्यस्तै संघीय सरकारबाट दैलेखका ११ स्थानीय तहले कुल ३ अर्ब ७१ करोड ४८ लाख, जाजरकोटका ७ स्थानीय तहलाई २ अर्ब ६५ करोड ६५ लाख, कालिकोटका ९ स्थानीय तहलाई २ अर्ब ७५ करोड १३ लाख, हुम्लाका ७ स्थानीय तहलाई १ अर्ब ७१ करोड बजेट पाएका छन् ।
आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि जुम्लाका ८ स्थानीय तहलाई कुल २ अर्ब ३७ करोड २२ लाख, डोल्पाका ८ स्थानीय तहलाई १ अर्ब ८४ करोड ७१ लाख, सल्यानका दश स्थानीय तहलाई ३ अर्ब ४१ करोड ९३ लाख र रुकुमपश्चिमका ६ स्थानीय तहलाई कुल २ अर्ब २२ करोड ६३ लाख बजेट पठाएको छ ।
संघीय सरकारले समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा बजेट दिएको हो ।
आगामी आर्थिक बर्षको लागि कर्णालीका स्थानीय तहलाई करिब २७ अर्ब बजेट पठाइयो
आगामी आर्थिक बर्षको लागि कर्णालीका स्थानीय तहलाई करिब २७ अर्ब बजेट पठाइयो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
