काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । पौडेलले बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्बाट दुई(दुईपटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगरिदिँदा नागरिकता विधेयक शीतल निवासमा थन्केर बसेको थियो । वर्तमान सरकारले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि यही जेठ १२ गते राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो । २०७९ साउन २९ गते संघीय संसद्का दुवै सदनबाट पारित विधेयक राष्ट्रपति भण्डारीले फिर्ता पठाउनुभएको थियो ।
त्यसपछि फेरि भदौ २० गते संसद्का दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको विधेयक भण्डारीले असोज ५ गतेसम्म त्यसै रोक्नुभएको थियो ।
उहालाई दोस्रोपटक विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता थियो । तर, विधेयक शीतल निवासमै अड्किएको थियो । सोही रोकिएको विधेयकलाई अहिलेका राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको हो ।
राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
