सुर्खेत । कर्णाली प्रदेशमा शिशु मृत्युदर करिब ७ प्रतिशत रहेको देखिएको छ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा अहिलेपनि ६.४ प्रतिशत शिशु मृत्यु हुने गरेको हो ।
तिन लाख ५२ हजार ९ सय ८३ जना बिवाहित महिलाहरुले हालसम्म ८ लाख ५२ हजार ३ सय २२ जना बच्चा जन्माएका थिए । तिमध्य ६.४ प्रतिशत अर्थात ५४ हजार ५ सय ४८ जना शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा बालिकाभन्दा बालक धेरै रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आर्थिक बर्ष २०७७÷७८ मा मात्रै २ सय १८ जना शिशुको मृत्यु भएको थियो ।
प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो ३ वर्षमा ५ वर्षमुनिका ५ सय ८६ जना बालबालिकाको मृत्यु भएको छ ।
कर्णालीका महिलाहरु अँझै पनि जोखिम मोलेर घरमै सुत्केरी हुनाले मातृ तथा शिशु मृत्युदर घट्न सकेको छैन ।
यसैबिच, राष्ट्रिय जनगणनाको तथ्याङ्कमा पछिल्लो समय कर्णाली प्रदेशमा छोरीभन्दा छोराको धेरै जन्म भएको देखिन्छ । गत बर्षसम्म ८ लाख ५२ हजार तिनसय ५२ जना बच्चा जन्मिएकोमा ५२.२ प्रतिशत अर्थात ४ लाख ४४ हजार ९ सय १२ जना छोराको जन्म भएको छ भने ४७.९ अर्थात ४ लाख ८ हजार २६३ जना छोरीको जन्म भएको छ ।
पृतिसतात्मक सोचका कारण लिङ्ग पहिचान गरी छोरा भए राख्ने छोरी भए भ्रुण हत्या गर्ने गरिएको भन्दै सरोकारवालाहरु चिन्ता व्यक्त गर्दै आएका छन् । भ्रुण हत्या पनि एउटा कारण रहेको सरोकारवालाहरु बताउछन ।
कर्णाली प्रदेशमा शिशु मृत्युदर करिब ७ प्रतिशत
कर्णाली प्रदेशमा शिशु मृत्युदर करिब ७ प्रतिशत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
