सुर्खेत । कर्णाली प्रदेश सरकारले विश्व वातावरण दिवसका अवसरमा विभिन्न कार्यक्रम संचालन गरेको छ ।
दिवसको पूर्व सन्ध्यामा प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज अन्तरविद्यालय स्तरिय प्रतियोगिता गराइएको हो ।
प्रतियोगितामा सुर्खेतका ६ वटा विद्यालयका विद्यार्थीहरुलाई सहभागि गराइएको थियो ।
प्रतियोगितामा शिव मावी प्रथम भएको छ, भने त्रिपुरेश्वर मावी ढोडेखालीले दोश्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, अमरज्योती मावीले तेश्रो स्थान हासिल गर्दा चन्द्रगंगा मावीले सान्तन्वा स्थान हासिल गरेको छ । भने श्रकृष्ण मावी पाँचौ स्थानमा आउँदा जनसेवा मावी घुस्राले छैटौँ स्थान हासिल गरेको छ । विद्यार्थीहरुको लागि १ सय ५० वटा प्रश्नहरु सोधिएको थियो ।
प्रथम भएको शिव मावीले पाँच हजार पुरस्कार पाएको छ भने द्वतिया भएको त्रिपुरेश्वर मावीले ३ हजार र अमरज्योती मावी नेवारेले २ हजार रकम पाउँदा सान्त्वना स्थान हासिल गरेको चन्द्रगंगा मावी गाग्रेतालले एक हजार रकम पुरस्कार पाएको छ ।
प्रथम द्वितिय र तृतिया पुरस्कार वितरण भोली मुख्यमन्त्री राजकुमार शर्माबाट हुने जनाइएको छ ।
विद्यालय तहबाट नै वातावरण संरक्षण सम्बन्धी सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयका योजना महाशाखा प्रमुख रेणुका न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिवसको अवसरमा भोली वृक्षारोपन कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा वन तथा उपसचिव राजेन्द्र कुमार वास्तोला, मुुकुन्दनाथ योगी लगायतको सहभागिता रहेको थियो ।
यो बर्षको विश्व वातावरण दिवसको नारा पलाष्टिकजन्य प्रदुशन निमुल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ भन्ने नारा साथ भोली सोमबार मनाइँदैछ ।

