सुर्खेत । कर्णाली प्रदेशका ७ जिल्लामा चार बर्षमा २० वटा जातिय भेदभाव तथा छुवाछुतका घटना भएका छन ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार अर्थिक बर्ष २०७६÷७७ देखि २०७९÷८० को चार बर्षको अवधीमा २० वटा जातिय विभेद र भेदभाव विरुद्धका घटना भएको हो ।
चालु आर्थिक बर्षसम्म सुर्खेतबाट सबैभन्दा धेरै ६ वटा छुवाछुत विरुद्धका उजुरी परेका छन भने सबैभन्दा कम मुगुमा १ वटा उजुरी दर्ता भएको छ ।
त्यसैगरी, जाजरकोटमा ३ वटा, सल्यानमा २ वटा, जुम्लामा २ वटा, हुम्लामा तिन वटा जातिय भेदभाव तथा छुवाछुत विरुद्धका उजुरी प्रहरीमा परेका छन ।
दैलेख, रुकुम पश्चिम र डोल्पा जिल्लाको तथ्याङ्क प्राप्त नभएको प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रहरी वरिष्ट उपरिक्षक गोपालचन्द्र भट्टराइले जानकारी दिनुभयो ।
कर्णालीमा जातिय भेदभावविरुद्धका २० उजुरी दर्ता
कर्णालीमा जातिय भेदभावविरुद्धका २० उजुरी दर्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
