सुर्खेत । कर्णाली प्रदेश सरकारले प्लाष्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित तथा नियन्त्रण गर्दै “वातावरणमैत्री विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि सरकारले नीति कार्यक्रममा प्रदेशमा वातावरणमैत्री विकास कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ ।
त्यसको लागि प्रादेशिक वातावरण मापदण्ड र सूचकहरू निर्माण गरी कार्यान्वयन गर्ने नीति लिइएको छ ।
सडक निर्माण गर्दा लागत अनुमानमा नै सडक आसपास वृक्षारोपण गर्नुपर्ने बायोइन्जिनियरिङ प्रणाली तथा प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनमा उल्लेख भएका सुझावहरू अनिवार्य पालना गर्ने व्यवस्था मिलाइने पनि उल्लेख गरिएको छ ।
वनपैदावार, विशेष घाँसजन्य वनस्पति र खेर जाने काठ दाउरालाई प्रशोधित गरी बनाइने जिरो कार्बन बनाउन सहयोग गर्नेगरी कार्यक्रम संचालन गरिने बताइएको छ ।
“दिगो वन व्यवस्थापनः स्वच्छ र समृद्ध जीवनयापन” भन्ने सोच अनुरुप वन क्षेत्रको दीगो वृद्धि गरी सहज र सरल आपूर्ति एवम् वन क्षेत्रबाट हुने राजस्व सङ्कलनमा वृद्धि गरिने लक्ष्य राखिएको छ । प्रदेश सरकारले हरित रोजगारी सिर्जना गर्ने नीति लिएको जनाएको छ ।
जलवायु परिवर्तनले विश्वव्यापी पुर्याएको असर न्युनिकरणका कार्यक्रम संचालन गरिने पनि उल्लेख छ ।
यसैबिच, कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले भावी पुस्तालाई असर नहुनेगरी प्रकृतीको प्रयोग हुनुपर्ने बताउनुभएको छ ।
विश्व वातावरण दिवसको अवसरमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
पलाष्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने भन्दै मुख्यमन्त्री शर्माले प्लाष्टिकजन्य प्रयोगलाई निरुत्साहित गर्दै लैजाने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो ।
उहाले मानविय जीवनको सुख र दिगोपनाको लागि प्रकृतीको दोहोन नभई उपयोग गर्नुपर्ने मुख्यमन्त्री शर्माको भनाई छ ।
कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले पछिल्लो समय मानिसको गलत क्रियाकलापका कारण जलवायु परिवर्तन भइरहेको बताउनुभयो ।
जलवायु परिवर्तनबाट हुने असर न्युनिकरण गर्न अबको ध्यान हुनुपर्नेमा जोड दिँदै वातावरण प्रद्ुर्षण रोक्न प्लाष्टिकको विकल्प खोज्नुपर्ने बताउनुभयो ।
दिवसका अवसरमा मन्त्रालयको आयोजनामा वीरेन्द्रनगरमा वृक्षारोपण गरिएको छ । भने हिजो अन्तरविद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका योजना शाखा प्रमुख रेणुका न्यौपानेले जानकारी दिनुभयो ।
प्लाष्टिकजन्य प्रदुषण निर्मुल गरौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ ।
कर्णाली प्रदेश सरकारको नीतिः प्लाष्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरिने
कर्णाली प्रदेश सरकारको नीतिः प्लाष्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
