सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०÷८१ को लागि ल्याएको बार्षिक नीति तथा कार्यक्रममाथी छलफल शुरु भएको छ ।
मुख्यमन्त्री राज कुमार शर्माले सरकारले ल्याएको बार्षिक नीति तथा कार्यक्रम सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गर्नुभएको छ । उक्त प्रस्तावमाथी आजदेखि छलफल प्रारम्भ भएको हो ।
छलफलमा भाग लिँदै सांसदहरुले नीति तथा कार्यक्रम सरकारले कुनै अध्ययनबिना नै ल्याइएको बताएका छन । उनिहरुले यो नीति कार्यक्रम सरकारको होकी कुनै पार्टीको भन्दै प्रश्न गरेका छन ।
छलफलमा भाग लिँदै नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेलले कर्णालीमा मिलेर जानुपर्ने अवस्था रहेपनि सरकार नै त्यो बाटोमा नरहेको जिकीर गर्नुभयो ।
सरकारले हुँनै नसक्ने क्रियाकलापहरुलाई आफ्नो नीति कार्यक्रममा समावेश गरेको बताउँदै सरकारले समाएको बाटो गलत रहेको बताउनुभयो ।
सत्ता पक्षकै सांसद सुरेश अधिकारीले स्थानीय सरकारसँग मिलेर बैंक संचालन गर्ने भनिएको भन्दै यसलाई सच्याएर जानुपर्ने बताउनुभयो । उहाले संविधानमा लेखिएको कुराभन्दा बाहिर गएर नीति कार्यक्रम ल्याइएको होकी जस्तो अनुभुती भएको बताउनुभयो ।
सांसद बिर बहादुर शाहीले पनि नीति कार्यक्रममा सबै कुरा समेटिएको भएपनि यसको कार्यान्वयन महत्वपूर्ण पाटो रहेको बताउनुभयो ।
सांसद हिक्मत बहादुर विष्टले नीति तथा कार्यक्रममा सिंजा सभ्यतालाई माथी उठाउने कुरा गरिएकोमा स्वागत गर्दै अझै सिंजालाई सिजिनल सेन्टर बनाउनेगरी नीतिमा समेटिनुपर्नेमा जोड दिनुभयो ।
सांसद तुलसा मल्लले नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको भन्दै आलोचना गर्नुभयो । सांसदहरु घनश्याम भण्डारी, पूर्ण खत्री चालिसे, लक्ष्मी सुनार, शोसिला शाही लगायतले छलफलमा भाग लिएका थिए ।
कर्णाली सरकारले ल्याएको नीति कार्यक्रम माथीको छलफल शुरु
कर्णाली सरकारले ल्याएको नीति कार्यक्रम माथीको छलफल शुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
