सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिहरुले विपदबाट हुने क्षती न्युनिकरणको लागि हातेमालो गरेर योजना बनाउनुपर्नेमा जोड दिएका छन ।
उनिहरुले वीरेन्द्रनगरमा विपद्का घटनाहरुबाट जनधनको क्षती हुने गरेको भन्दै नगरपालिका र अन्य संघसंस्थाहरुबिच सहकार्य गरेर प्रतिकार्य योजना बनाउनुपर्नेमा जोड उनिहरुले दिएका हुन् ।
नेपाल रेडक्रस शाखा सुर्खेतले वीरेन्द्रनगरमा संचालन गरेको उत्थानशिल नगरका लागि संयुक्त पहल परियोजनाको बार्षिक समिक्षा कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले विपद्का घटनाबाट हुने क्षती न्युनिकरणको लागि अझै थप योजना आवश्यक रहेको बताएका छन ।
कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष दिनेस खत्रीले यो परियोजनाले विपद जोखिम न्युनिकरण गर्न राम्रो काम गरेको भन्दै नगरपालिकासँग अझै सहकार्य बढाउँदै जानुपर्नेमा जोड दिनुभयो ।
वडा नम्बर १६ का वडा अध्यक्ष डण्ड बहादुर विकले आफ्नो वडामा चट्याङबाट धेरै क्षती हुने गरेको भन्दै परियोजनको सहयोगमा अर्थिङ स्टेसन राखिएको बताउनुभयो । यसले चट्याङबाट हुने जोखिम न्युनिकरण हुने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिका उपप्रुमुख निलकण्ठ खनालले पनि परियोजनाको कार्यप्रति प्रसंशा गर्दै परियोजनालाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाले भन्नुभयो, “परियोजनाले विपद्को क्षेत्रमा गरेको कार्य राम्रो छ, यसमा नगरपालिका र परियोजना मिलेर अझै काम गर्नुपर्छ । त्यसको लागि यो परियोजनालाई निरन्तरता दिन आग्रह हाम्रो छ ।”
कार्यक्रममा बोल्दै वडा नम्बर १ का टोल विकास समिति अध्यक्ष डोल्मा जीसीले परियोजनाको सहयोगमा तडबन्धन निर्माण गरिएपछि आफुहरुको वस्ती बाढीबाट जोगिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
परियोजनाको बार्षिक समिक्षा बारे जानकारी दिँदै रेडक्रस सुर्खेतका सभापति रामलाल अचार्यले समिक्षाको उद्देश्यमाथी प्रकाश पार्दै विपद जोखिम न्युनिकरण गर्न सबै पक्षले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगरका वडा अध्यक्षहरु, रेडक्रसका केन्द्रीय विपद् व्यवस्थापनका विपुल नेपाल, रेडक्रसका मायाँ साप्कोटा लगायतका व्यक्तीहरुको सहभागिता रहेको रेडक्रस सुर्खेतका यज्ञ लामिछानेले जानकारी दिनुभयो ।
उत्थानशिल नगरका लागि संयुक्त पहल परियोजनाले लक्ष्यको ८३ प्रतिश उपलब्धी हासिल गरेको छ ।
विपदबाट हुने क्षती न्युनिकरणको थप योजना बनाऊः जनप्रतिनिधि
विपदबाट हुने क्षती न्युनिकरणको थप योजना बनाऊः जनप्रतिनिधि
"उत्थानशिल परियोजनाको बार्षिक समिक्षा "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
