सुर्खेत । कर्णाली प्रदेश सभामा आगामी आर्थिक बर्षको लागि ल्याएको बजेटमाथीको छलफल शुरु भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले संसदमा प्रस्तुत गर्नुभएको बजेटमाथीको छलफल शुरु भएको हो ।
संसदको आजको बैठकमा भएको बजेट माथीको छलफलमा भाग लिँदै सांसदहरुले बजेटले दिर्घकालिन सोच नराखेको बताएका छन ।
विशेषगरी विपक्षी दलका सांसदहरुले बजेट ल्याउँदा तत्कालको फाइदा हेरेर ल्याइएको भन्दै जनताको जीवनमा परिवर्तन आउने खालको नभएको बताएका छन ।
बजेट माथीको छलफलमा भाग लिँदै नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले सरकारले ल्याएको बजेटले तत्काल केही व्यक्तीलाई फाइदा हुने बाहेक अरु केही नभएको टिप्पणी गर्नुभयो ।
सत्ता पक्षका सांसदहरुले समेत बजेटको आलोचना गरेका छन । पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका माओवादी केन्द्रका सांसद बिन्दमान विष्टले यर्थातपरक बजेट नभएको बताउनुभयो । सांसद तुलसा मल्लले भनाई र गराई फरक हुनेगरी बजेट ल्याइएको बताउनुभयो ।
सांसदहरु जानकी सिंह, पूर्ण बहादुर खत्री चालिसे र सुरेश अधिकारीले बजेटमाथी छलफलमा भाग लिदै बजेट कार्यान्वयनमा जोड दिएका छन ।
कर्णाली सरकारले ल्याएको बजेटमाथी छलफल शुरु
कर्णाली सरकारले ल्याएको बजेटमाथी छलफल शुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
