सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ । प्रदेश आयुर्वेद अस्पतालले आफ्नै प्रयोगशाला सञ्चालन गर्नेगरी तयारी थालेको हो ।
फार्मेसी सञ्चालन गर्ने तयारी गरिएको जनाउँदै अस्पतालले कर्णालीमै आयुर्वेद औषधिमापन गर्ने प्रयोगशाला स्थापना गर्ने तयारी गरेको हो । कर्णालीमा प्रसस्त मात्रामा औषधिजन्य जडीबुटी पाइने भन्दै त्यसलाई औषधिको रुपमा मापदण्डअनुसार प्रयोग गर्नेगरी प्रयोगशाला सञ्चालन गर्ने तयारी भएको आयुर्वेद अस्पतालका निर्देशक डा। शङ्कर रिजालले जानकारी दिनुभयो ।
उहाँले प्रयोगशाला सञ्चालनको लागि बजेटको सुनिश्चित भइनसकेको जानकारी दिँदै कर्णालीमा आयुर्वेद औषधिलाई मापदण्डअनुसार बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । “हामीले आयुर्वेद फार्मेसी सञ्चालनको लागि अन्तिम तयारी गरिरहेका छौँ, त्यसको लागि औषधि त मापदण्डअनुसार हुनुप¥यो भनेर प्रयोगशाला सञ्चालन गर्दै छौँ। तर बजेट भने सुनिश्चित भइसकेको छैन् ।”
यसैबीच, कर्णालीमा नागरिकको आयुर्वेदप्रति आकर्षण बढ्दै गएको छ। चालु वर्षको जेठ सम्मको तथ्याङ्कलाई हेर्दा २५ हजार तीन सय ८१ जनाले सेवा लिएका छन् । गत वर्षको तुलनामा यो सङ्ख्यामा वृद्धि भएको हो ।
सेवा लिनेमा पुरुषभन्दा महिला धेरै रहेको देखिएको छ । डाक्टर रिजालका अनुसार नशा, बाथ, ग्याष्ट्रिक, पायल्स, फिस्टुला लगायतका समस्या लिएर बिरामी आउने गरेका छन् । अस्पतालमा कर्णाली प्रदेशमै पहिलो पटक च्यावनप्रास समेत उत्पादन गर्ने गरेको उहाले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालन गरिने
कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालन गरिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
