सुर्खेत । स्थानीय सरकारहरुले आज आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीति कार्यक्रम र बजेट ल्याउँदै छन ।
असार १० गतेभित्र स्थानीय तहहरुले आफ्नो नीति कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यही व्यवस्थाअनुसार स्थानीय सरकारहरुले आफ्नो नीति कार्यक्रम र बजेट ल्याउन लागेका हुन् ।
केही स्थानीय सरकारहरुले भने आफ्नो नीति कार्यक्रम सार्बजनिक गरिसकेका छन भने बजेट आज सार्बजनिक गर्दै छन् ।
यसैबिच, कर्णालीका स्थानीय सरकारहरुले कृषिलाई प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याउने तयारी गरेका छन ।
युवाहरुलाई स्वदेशमै स्वरोजगारी सिर्जना गर्न उत्पादनमा जोड दिनेगरी नीति कार्यक्रम र बजेट ल्याउन लागेको जनप्रतिनिधिहरुको भनाई छ ।
सुर्खेत पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले यो पटक बजेटको दायित्व घटेर आएको तथापी कृषि क्षेत्रलाई प्राथामिकता दिएर युवाहरुलाई गाउँमै आत्मनिर्भर बनाउनेगरी बजेट ल्याइने बताउनुभएको छ ।
सुर्खेतकै चिङ्गाड गाउँपालिकाले पनि शिक्षा स्वास्थ्य र कृषिलाई प्राथामिकता राखेर बजेट ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष बोध विक्रम जिसीले बताउनुभयो ।
यस्तै, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले पनि कृषिलाई फोकस गरेर नीति कार्यक्रम र आगामी आर्थिक बर्ष २०८०÷८१ को बजेट ल्याउने गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले जानकारी दिनुभयो ।
यता, जुम्लाको गुठीचौर गाउँपालिकाले भने पालिकाको शान्ति सुरक्षा कायम गर्न बजेटलाई प्राथमिकता दिने भएको छ । विशेषगरी मदिराको बढ्दो प्रयोगलाई निरुत्साहित गर्ने खालका कार्यक्रम ल्याइने गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले बताउनुभयो ।
स्थानीय सरकारहरुले संघिय र प्रदेश सरकारले दिने विभिन्न अनुदान र आफ्नो आन्तरिक आम्दानीका आधारमा बार्षिक बजेट बनाउने गरेका छन् ।
स्थानीय सरकारहरुले आज आगामी आर्थिक बर्षको लागि आफ्नो नीति कार्यक्रम र बजेट ल्याउँदै
स्थानीय सरकारहरुले आज आगामी आर्थिक बर्षको लागि आफ्नो नीति कार्यक्रम र बजेट ल्याउँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
