सुर्खेत । मनो सामाजिक अपाङ्गता भएका व्यक्तीहरुमाथी हुने विभेद हटाउन पहल गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
उनिहरुले परिवार समाज र राज्यबाट नै मनोसामाजिक समस्या भएका व्यक्तीहरुलाई विभेदन हुने गरेको भन्दै यो विभेद हटाउन पहल गर्नुपर्नेमा जोड दिएका हुन ।
वीरेन्द्रनगरमा संचालित कोशिष संस्थाले संचालन गरेको परियोजनाले आज आयोजना गरेको कार्यशालामा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै परियोजना संयोजक रबिलोचन पौडेलले कानुनले समेत यस्ता व्यक्तीहरुलाई विभेद गर्ने गरेको भन्दै कानुन संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा बनेका विभिन्न कानुनहरुको अध्ययन गर्दा लेखिएका भाषाहरुमा मनो सामाजिक अपाङ्गता भएका व्यक्तीहरुलाई विभेद गरिएको बताउनुभयो । समाज र परिवारमा समेत विभेद गरिँदा उनिहरु झनै पिडित भएको उहाको भनाई छ ।
परियोजनाबाट मनोसामाजिक अपाङ्गता भएका व्यक्तीका परिवारहरुको घरभेट तथा मनो सामाजिक अपाङ्गता सम्बन्धी शिक्षा दिने गरिएको जनाइएको छ ।
परियोजनाका महेश भट्टराइले मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरुलाई लगाइने विभिन्न कंलकहरु हटाउन जनचेतनाका कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय सरकार र प्रदेश सरकारहरुका जनप्रतिनिहरुसँग पनि यस विषयमा छलफल गर्ने गरिएको छ भने वीरेन्द्रनगरका ५ वटा साथी समुहमार्फत विभिन्न सचेतनाका कार्यक्रम संचालन गरिएको छ ।
पछिल्लो समय मनो सामाजिक समस्यामा धेरै व्यक्तीहरु पर्न थालेको भन्दै परियोजनाका नगेन्द्र रानाले सञ्चार माध्यमहरुले यसमा भुमीका खेल्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाले मनोसामाजिक अपाङ्गताका विषयमा सबै पक्ष जानकार हुनुपर्ने बेला आएको बताउनुभयो । उहाले यसको बारेमा पत्रकारहरु धेरै जानकार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।
कर्णालीमा ५३ हजार विभिन्न अपाङ्गता भएका व्यक्तीहरु रहेका छन ।
मनो सामाजिक अपाङ्गता भएका व्यक्तीहरुमाथीको विभेद हटाऔँः सरोकारवाला
मनो सामाजिक अपाङ्गता भएका व्यक्तीहरुमाथीको विभेद हटाऔँः सरोकारवाला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
