सुर्खेत । यौनिक तथा लैङ्गिक अलपसङ्ख्यक समुदायले कर्णालीमा प्राइड परेड मनाएको छ । एलजीबीटिआईक्यू समुदायले हरेक वर्षको जुन महिनालाई आफ्नो गौरवको महिनाको रुपमा मनाउँदै आएकोमा कर्णाली प्रदेशको सुर्खेतमा भने पहिलोपटक गौरव यात्रा मनाइएको हो । पछिल्लो समय कर्णालीमा रहेका एलजिबिटिआईक्यू समुदायका व्यक्तिहरु खुल्न थालेपछि कर्णालीमा पहिलोपटक गौरव र्याली गरिएको ब्लू डायमण्ड सोसाइटीकी परियोजना अधिकृत रुबिना तामाङले जानकारी दिइन् । प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट गौरब र्याली सुरु भइ पिपलचौतारामा सम्पन्न भएको थियो ।
विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरवयात्रा मनाउने गरिन्छ ।सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालिएको तामाङले बताइन् । उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि प्रहरी छापाका नाममा आक्रमण गरी उनीहरुमाथि अत्याचार गरिएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो।यही प्राइड परेडका सम्झनामा विश्वभर जुन महिनामा ‘प्राइड परेड’का नाममा कार्यक्रमहरू गरिने उनको भनाइ छ । कार्यक्रममा उनले आफ्नो समुदायमा खुल्न नसकेका एलजिबिटिआईक्यू समुदायका व्यक्तिहरुलाई सहज रुपमा खुल्न सक्ने वातावरण बनाइदिनुपर्नेमा जोड दिइन् । “तपाईंको आफ्नै घर समुदायमा तपाईंकै आफन्तमध्ये जो कोही पनि हामी जस्तै हुन सक्नुहुन्छ, उनले भनिन्, “तर उहाँहरु समाजमा अपहेलना हुने डरले खुल्न चाहिरहेको अवस्था छैन त्यसैले तपाईंहरु सबैले उहाँहरु जस्तो रुपमा खुल्न चाहानुहुन्छ त्यही रुपमा सहज रुपमा स्वीकारेर बाँच्ने वातावरण मिलाउनुपर्छ ।”
विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनी ती समुदायले गौरवयात्रा मनाउँछन्।विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालेको हो। उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि प्रहरी छापाका नाममा आक्रमण भएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो। यही प्राइड परेडका सम्झनामा विश्वभर जुन महिनामा ‘प्राइड परेड’का नाममा कार्यक्रमहरू गरिन्छ।
यौनिक तथा लैङ्गिक अलपसङ्ख्यकको कर्णालीमा प्राइड परेड
यौनिक तथा लैङ्गिक अलपसङ्ख्यकको कर्णालीमा प्राइड परेड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
