सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेट तथा कार्यक्रमको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलका लागि कार्यसूची सार्वजनिक गरिएको छ । मंगलबारको प्रदेश सभा बैठकमा सभामुख नन्दा गुरुङले कार्यसूची पेश गर्नुभएको हो ।
कार्यसूची अनुसार असार १३ र १४ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।
असार १५ र १६ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयको छलफल हुनेछ ।
असार १७ र १८ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको छलफल हुनेछ ।
कर्णाली प्रदेशसभाः बुधबारदेखि मन्त्रालयगत बजेटमाथी छलफल हुने
कर्णाली प्रदेशसभाः बुधबारदेखि मन्त्रालयगत बजेटमाथी छलफल हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
