सुर्खेत । कर्णाली प्रदेश सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु हुन ढिलाई हुने भएको छ। आज बस्ने भनिएको बैठक दलहरुबिच सहमति हुन नसकेपछि आउँदो १७ गतेलाई सारिएको हो ।
हिजोबाट मन्त्रालयगत बजेटमाथिको छलफल हुने कार्यसूचि भएपनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको बिरोध पछि छलफल सुरु हुन नसकेको हो।
एमालेले बजेटमा मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने अडान राखेको छ।
एमालेले मुख्यमन्त्री र अर्थमन्त्रीले बजेटलाई जिल्ला केन्द्रित गराएको, मन्त्रालयहरूमा डल्लो बजेट राखेको, नीति तथा कार्यक्रम विपरीत टुक्रे योजना बाँडेको, स्पष्ट हुनेगरी रातो किताब नल्याएको लगायतका आरोप लगाएको छ। एमाले संसदिय दलका नेता यामलाल कँडेलले बजेट संशोधन नभएसम्म छलफल हुन नसक्ने बताउनु भयो ।
कर्णाली प्रदेशसभा बैठक असार १७ गते सम्मलाई स्थगित
कर्णाली प्रदेशसभा बैठक असार १७ गते सम्मलाई स्थगित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
