सुर्खेत । कर्णाली प्रदेशको अधिकांस खेती योग्य जमिन आँकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ ।
कृषि उत्पादनलाई बढाउँदै प्रदेशलाई कृषिबाटै आत्मनिर्भर बनाउने योजना स्थानीय र प्रदेश सरकारले बर्षेनी ल्याएपनि प्रदेशका अधिकांश खेतीयोग्य जमिन आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।
सरकारी तथ्याङ्क अनुसार कुल खेतीयोग्य जमिनमध्य ३१.५१ प्रतिशत भुभागमा मात्रै सिंचाई सुविधा पुगेको छ ।
प्रदेश कृषि विकास निर्देशानालयअनुसार ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा वर्षभरि सिँचाइ सुविधा पुगेको छ भने ३० हजार ३०२ हेक्टर क्षेत्रफल आंशिक सिँचाइ हुने क्षेत्रमा रहेको छ ।
विशेष गरी कर्णालीका सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यानका कृषकहरु सिँचाइका लागि प्रायः आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ ।
कर्णालीलाई कृषिमा आत्मनिर्भर गराउने भनिएपनि उत्पादन बढाउन सबै खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउन भने सरकारले चासो नदिएको गुनासो कृषकहरुको छ ।
यसैबिच, कर्णालीमा आर्थिक वर्ष २०७६÷०७७ मा १ लाख ५१ हजार ८०५ मेट्रिक टन धान उत्पादन भएको थियो । २०७७÷०७८ मा बढेर १ लाख ५५ हजार ७४१ मेट्रिक टन धान उत्पादन भएको प्रदेश कृषि निर्देशानालयका प्रमुख चित्र बहादुर रोकायले बताउनुभयो ।
कर्णालीको करिब १७ लाख जनसंख्यालाई बार्षिक ३ लाख २८ हजार ९३५ मेट्रिक टन खाद्यान्न आवश्यक भएपनि कर्णालीको उत्पादनले धान्न नसक्ने अवस्था छ ।
कर्णालीमा धान खेतीको क्षेत्रफल नघटे पनि सुर्खेत, सल्यान लगायतका जिल्लामा खेतीयोग्य जमिन मासिदा धान खेतीको क्षेत्रफल घटिरहेको निर्देशक रोकायले बताउनुभयो ।
कर्णालीमा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता
कर्णालीमा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

