सुर्खेत । सरकारले ल्याएको बजेटमा दलित समुदायलाई उपेक्षा गरेको भन्दै संयुक्त राजनितिक संघर्ष समिति कर्णाली प्रदेशले विरोध जनाएको छ ।
कर्णालीमा जम्मा जनसंख्याको २९ प्रतिशत दलित समुदाय भएपनि प्रदेश सरकारले बजेटमा उपेक्षा गरेको भन्दै विरोध जनाएको हो ।
कर्णाली प्रदेश ३४ अर्बभन्दा धेरैको बजेट ल्याएको भएपनि दलित समुदायको लागि १ प्रतिशत बजेट समेत नछ्ट्याएको भन्दै बजेटमा संशोधन हुनुपर्ने दलित संघ सुर्खेत अध्यक्ष भिम बहादुर शाही परियारले बताउनुभयो ।
अधिकांस दलित समुदाय बाहुल्यता रहेको कर्णालीमा यो समुदायको लागि बजेटमा उपेक्षा गरिनु लज्जाको विषय भएको उहाको भनाई छ ।
अहिले आएको बजेट उत्पादनमुखिभन्दा पनि वितरणमुखि ल्याइएको भन्दै उहाले बजेटमा झारा टार्ने काम मात्रै गरिएको उल्लेख गर्नुभयो । बजेट संशोधन गरेर दलित समुदायलाई समेत समेट्न उहाले माग गर्नुभयो ।
संयुक्त राजनितिक संघर्ष समिति कर्णाली प्रदेशले वृहत जनसभा समेत गरि सरकारको यस विषयमा ध्यानाकर्षण समेत गराएको छ ।
बजेटमा दलित समुदायलाई उपेक्षा गरिएको भन्दै विरोध
बजेटमा दलित समुदायलाई उपेक्षा गरिएको भन्दै विरोध
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
