सुर्खेत । गन्धर्व समुदायले मौलिक संस्कृती अन्तरगत आफ्नो पहिचान बोकेको सारङ्गी बाजा लोप हुन थालेको भन्दै संरक्षण गर्न अभियान शुरु गरेको छ ।
पछिल्लो पुस्ताहरुले ऐतिहासिक पहिचान बोकेको नेपाली मौलिक संस्कृती अन्तरगतको सारङ्गी बाजा लोप हुन थालेपछि अभियान संचालन गरेको हो ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशका गन्दर्भ समुदायका व्यक्तीहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जम्मा भई यो अभियानलाई देशभर संचालन गरि आफ्नो ऐतिहासिक मौलिकता जोगाउन लाग्ने प्रतिवद्धता जनाएका छन ।
नेपाल गन्दर्भ विकास संघ केन्द्रीय कार्यालय सुर्खेतको आयोजनामा कर्णाली सुर्खेतमा अन्तरक्रिया कार्यक्रम जम्मा भएको उनिहरुले आफ्नो मौलिकतासँग जोडिएका संस्कृती, रितिरिवाज र सारङ्गी बाजा पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नेगरी गरि अभियान नै चलाउने बताएका छन ।
पछिल्लो समय गन्दर्भ समुदायको मौलिकता हराउँदै गएको भन्दै नेपाल गन्दर्भ विकास संघका अध्यक्ष बद्री गन्दर्भ बैगारले भावी पुस्तासम्म पनि सारङ्गी लगायतका बाजासहित आफ्नो मौलिकता जोगाउन अभियान थालिएको जानकारी दिनुभयो ।
उहाले पछिल्लो पुस्तालाई मौलिक संस्कृती सम्बन्धी जानकारी दिन विभिन्न तालिमहरु समेत गरिने आफुहरुको योजना रहेको भन्दै त्यसको लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका सामाजिक विकास शाखाका उमा घले लगायतको सहभागिता रहेको थियो ।
कर्णाली र गण्डकी प्रदेशका एक सय जना गन्दर्भ समुदायको सहभागिता रहेको थियो । नेपालमा गन्दर्भ समुदायको संख्या सानो रहेको छ ।
मौलिक संस्कृती जोगाउन गन्धर्व समुदायले अभियान संचालन गर्ने
मौलिक संस्कृती जोगाउन गन्धर्व समुदायले अभियान संचालन गर्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
