सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीहरुले ८ महिनादेखि तलबभक्ता पाउन सकेका छैनन् ।
वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीले आफूले काम गरे बापतको आठ महिनादेखिको तलब पाउन नसकेको बताएका हुन् ।
अझैपनि तलब भत्ता नपाए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । अरू सेवाका कर्मचारीले दरबन्दी नभएपनि नगरपालिका अन्तर्गतका कर्मचारीले भने तलब भत्ता पाइरहेका छन् । तर, स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका स्थायी स्वास्थ्य कर्मचारीले तलब पाउन सकेका छैनन् ।
तलब नपाउँदा आफुहरुलाई घर खर्च टार्न समेत समस्या भएको स्वास्थ्यकर्मीहरुको भनाई छ । संवेदनशील सेवामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई करिब एक बर्षसम्म तलब नदिँदा आफुहरु पिडामा परेको सि अनमी राजेन्द्र कुमारी थापाले गुनासो गर्नुभयो ।
पटकपटक आफुहरुले कुरा राख्दा काज फिर्ता गर्ने भनिएको भन्दै उहाले त्यसमा आफुहरु सहमत हुन नसक्ने बताउनुभयो । अझै तलब नदिने हो भने कानुनी प्रक्रियामा आफुहरु जान बाध्य हुने उहाको भनाई छ ।
उहाले भन्नुभयो, “पहिले स्वास्थ्य मन्त्रालयले समायोजनमा पठाउने र नगरपालिकाले पनि तलब दिन सक्छौ भनेर राख्ने अहिले फेरी समायोजन फिर्ता गराउने भन्ने कदाबी मिल्दैन । हामीले खाइपाइ आएको तलब पनि पाउनुपर्छ ।”
नगरपालिकामा कर्मचारीले तलब भत्ता नपाउँदा कर्मचारी मारमा परेको उतरगङ्गा स्वास्थ्य चौकीमा कार्यरत सि अहेव उदय थापाले बताउनुभयो ।
सजिलो बनाउनेगरी स्वास्थ्य मन्त्रालयले समायोजनमा जाने निर्णय गरेको भन्दै अहिले आफुहरु जस्तै कर्मचारीहरुले तलब पाइरहेको तर आफुहरुले नपाएकोप्रति गुनासो गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिकाले तलब दिन्छौ भनेर पहिले कर्मचारी समायोजनमा लिने तर अहिले नेतृत्व पञ्छिएको उहाको गुनासो छ ।
उहाले भन्नुभयो, प्राथमिकता युक्त कार्यक्रम चलाई रहनु पर्ने, कोरोनाको महामारीमा रातदिन खटाउँदा पनि बिरामीको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीचारीहरुलाई स्थानीय सरकार र संघीय सरकारको चपेटामा पारेको छ । उहाको भन्नुभयो ।
यता, जन स्वास्थ्य अधिकृत भूपेन्द्रदेव गिरीले कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड २०७७ मा ३८ जना कर्मचारी स्वास्थ्य मन्त्रालयले पठाएको जानकारी दिनुभयो ।
त्यसपछि फेरि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलान सम्बन्धी व्यवस्था २०७७ मा ५६ जना कर्मचारीलाई पठाएको गिरीको भनाई छ ।
स्वास्थ्य मन्त्रालयबाट २ करोड ६३ लाख बजेट ३८ जनालाई आएको भन्दै उहाल बजेट फेरी आउँछ भन्ने सोचले ९४ जना कर्मचारीलाई तलब खुवाइएको तर कात्तिकदेखि यता बजेट नआएपछि तलब खुवाउन नसकिएको जानकारी दिनुभयो ।–––
वीरेन्द्रनगरका स्वास्थ्यकर्मीहरुले ८ महिनादेखिको तलब पाएनन
वीरेन्द्रनगरका स्वास्थ्यकर्मीहरुले ८ महिनादेखिको तलब पाएनन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
