बाँके । वर्षा सुरु भएसँँगै बाँकेका किसान खेतीपातीमा जुटेका छन् । केही दिनदेखि पर्न थालेको पानीले धानको बीउ राख्न नपाएर चिन्तित बनेका बाँकेका किसान अहिले खुसी भएका छन् । बाँकेमा ३६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
अहिलेसम्म १५ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख शकिल अहमदले बताउनुभयो ।
उहाका अनुसार जिल्लाका केही स्थानमा बोरिङबाट सिँचाइ गरी १५ प्रतिशतसम्म किसानले रोपाइँ गरेका हुन् ।
पर्याप्त वर्षा नभएका कारण आकाशे पानीको भरमा रहेका किसानले रोपाइँ ढिलो सुरु भएको कृषि ज्ञान केन्द्रका प्रमुख अहमदले बताउनुभएको छ ।
उनले रोपाइँका लागि अझै समय रहेको भन्दै किसानलाई नआत्तिन आग्रह गर्नुभयो ।
आकाशे पानीको भरमा रहेका यहाँका किसानले पानी परेपछि अहिले धमाधम धानको बीउ राख्न थालेका छन् ।
जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधाको अभावमा समयमा रोपाइँ गर्न नसकिएको बाँकेको डुडुवा गाउँपालिका–२ का किसान वृजमोहन गुप्ता बताउँनुभयो ।
बाँकेमा १५ प्रतिश मात्रै रोपाई
बाँकेमा १५ प्रतिश मात्रै रोपाई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

