हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको च्याछहरा भिर नजिकै वर्षाका कारण भत्किएर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिकाले पहल थालेको छ ।
चार दिनदेखि अवरुद्ध बाटो खुलाउन आज बिहानैदेखि सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम लामाका अनुसार डोजरको सहयोगमा बाटो खोल्ने काम भइरहेको छ ।
यसका लागि नाम्खा गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेको छ । अवरुद्ध बाटो चाँडै सञ्चालनमा आउने अध्यक्ष लामाले बताउनुभयो ।
यस्तै ताक्रुखोलामा काठेपुल बनाउन लागिएको लामाको भनाइ छ । त्यहाँ हिल्सा–सिमकोट सडकखण्डको मोटरेबल पुलसमेत बन्दै छ ।
वर्षाको समयमा पानीको बहाव बढ्ने भएकाले सवारी आवतजावतका लागि काठेपुल बनाउन लागिएको अध्यक्ष लामाले बताउनुभयो ।
बाटो नभएर हुम्लाका अधिकांश बासिन्दा चीनको पुलाङ काउन्टी रोजगारीका लागि जाने गरेका छन् । अहिले आवतजावत रोकिएको छ ।
अवरुद्ध बाटो खुलाउन गाउँपालिकाको पहल
अवरुद्ध बाटो खुलाउन गाउँपालिकाको पहल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
