सुर्खेत । कर्णाली प्रदेशसभा सदस्यहरुले कृषि क्षेत्रलाई सरकारले ध्यान दिन नसकेको बताएका छन ।
बजेटमाथीको मन्त्रालयगत छलफलमा भाग लिँदै सांसलदहरुले कृषि क्षेत्रलाई सरकारले बेवास्था गरेको बताएका हुन् ।
उनिहरुले कुल ग्रह्यस्त उत्पादनमा ३० प्रतिशतभन्दा माथी योगदान रहेको कृषि क्षेत्रमा पर्याप्त बजेट छुट्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
एमालेका सांसद बिनोद कुमार शाहले ६० प्रतिशत भन्दा धेरै संङलग्न रहेको कृषि क्षेत्रमा मन्त्रालयले बजेट पर्याप्त ल्याउनबाट चुकेको बताउनुभयो । उहाले भन्नुभयो, “बजेटले कृषिलाई जसरी सम्बोधन गर्नुपर्ने हो, त्यसरी गर्न सकेन । हामी यसमा दुखी छौँ, कुल ग्रह्यस्त उत्पादनमा ३० प्रतिशत योगदान रहेको यो क्षेत्रमा बजेट न्युन छ ।”
सांसद बिन्दमान विष्टले तल्लो कर्णाली र माथिल्लो कर्णालीलाई एउटै तुलोमा राखेर योजना बनाएर बजेट बिनियोजन गर्दा विकासको गति अगाडी बढ्न नसक्ने बताउनुभयो । “माथिल्लो कर्णाली र तल्लो कर्णालीमा बजेट आकार एउटै छ । जस्तो सिंचाईको कुरा गरौँ । माथी डोल्पामा लाग्ने लागत र सुर्खेतमा लाग्ने लागत एउटै हुन्छ त ? अनि त्यसरी बजेट बनाइएको छ, यो तरिका फेरौँ ।”
उहाले सिंचाई आयोजना कार्यक्रम सबैतिर लागु गर्नुपर्ने भन्दै यसले मात्रै किसानको समस्या समाधान हुन सक्ने बताउनुभयो ।
सांसद जानकी सिंहले खेतीयोग्य जमिनहरुको उपयोग गर्नेगरी सरकारले बजेट ल्याएको भन्दै तल्लो सुर्खेतमा धेरै जमिन बाझो रहेकाले त्यसको उपयोग गर्न सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
सांसद जित बहादुर मल्लले पनि कृषि क्षेत्रसँगै उद्योग क्षेत्रमा पनि लगानी बढाउनुपर्नेमा मन्त्रालयगत शिर्षकमा त्यस्तो नदेखिएको बताउनुभयो ।
सांसद रणसिंह परियार, सांसद पूर्ण बहादुर खत्री चालिसे लगायतले मन्त्रालयगत बजेटमाथीको छलफलमा भाग लिएका थिए । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उर्जा मन्त्रालयगत बजेटमाथीको छलफल भएको हो ।
कर्णालीका सांसदहरु भन्छनः कृषि क्षेत्रमा पर्याप्त बजेट ल्याइएन
कर्णालीका सांसदहरु भन्छनः कृषि क्षेत्रमा पर्याप्त बजेट ल्याइएन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
