सुर्खेत । कर्णालीमा असार सकिन लाग्दा ६०.३० प्रतिशत धान रोपाई भएको छ ।
कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा अहिलेसम्म ६०.३० प्रतिशत धान रोपाई भएको हो ।
डोल्पामा सत प्रतिशत धान रोपाई सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्र बहादुर रोकायले जानकारी दिनुभयो ।
उहाका अनुसार हुम्लामा ८४.०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुम पश्चिममा ६० प्रतिशत रोपाई भएको छ ।
दैलेखमा भने अहिलेसम्म आधा रोपाई पनि हुन सकेको छैन । निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशत मात्रै रोपाई भएको हो ।
यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाई हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सुर्खेतमा ५५.५ प्रतिशत रोपाई भएको छ ।
कर्णालीमा ४८ हजार १ सय ३३ हेक्टर जमिनमा धान खेती गरिँदै आएको छ । भने सल्यान र सुर्खेत मात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिनुभयो ।
कर्णालीमा ६० प्रतिशत रोपाई
कर्णालीमा ६० प्रतिशत रोपाई

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु