सुर्खेत । सुर्खेत वीरेन्द्रनगर ३ का वडा अध्यक्ष बिनोदसिंह विष्ट पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।
सुर्खेतका डिएसपी लक्ष्मणबहादुर शाहीले आइतबार दिउँसो वीरेन्द्रनगर नगरपालिकाबाट उनलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
यस्तै, वडाध्यक्ष विष्ट र अन्य दुइ जनालाई पैसा चोरेको आरोप लागेको थियो ।
उनीसहित अन्य दुई जनालाई खोर्केखोला तटवन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको आरोप लागेको छ ।
यस्तै, उक्त उपभोक्ता समितिले पैसा चोरीको उजुरी प्रहरीमा दिएपछि शुक्रबार सुशील गुरुङ र बलिराज शाहीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
यता, नेकपा एमालेका नेता कर्णाली प्रदेश सभाका पूर्व सांसद दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका–६ का वडा अध्यक्ष खेम बहादुर रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुर्वधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईजिनियर दत्त बुढथापामाथि हातपात गरेको भन्दै प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको हो ।
शनिबार साँझ ६ बजेतिर योजनाको विषयलाई लिएर विवाद हुदाँ निवर्तमान सांसद परियार र छायाँनाथ रारा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर रावलले पुर्वधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ई दत्त बुढथापालाई हातपात गरेको जनाइएको छ ।
चालु आर्थिक वर्ष २०७९÷८० को प्रदेश सांसद विकास कोष मार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालै हुदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेट अनुसारको काम नभएको र रकम भुक्तानी पूरादिन दबाब दिदाँ आफुले अस्वीकार गर्दा आफू माथि कार्यालय भित्र हातपात गरेको र कार्यालय तोडफोेड गरेको प्रमुख बुढथापाले बताउनुभयो ।
उहाका अनुसार दुवै योजनाको काम भएको तर लागत स्टमेट अनुसारको भएको छैन् ।
४० लाखको योजनाको १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको छ । त्यसै अनुरुप भुक्तानी लिन आग्रह गर्दा उनीहरुले हातपात गरेको बताउनुभयो ।
वीरेन्द्रनगर वडा नम्बर ३ का वडा अध्यक्ष विष्ट पक्राउ
वीरेन्द्रनगर वडा नम्बर ३ का वडा अध्यक्ष विष्ट पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
