सुर्खेत । जरायो मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच जनालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर–१० नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
जरायो मारेर भाग लगाइरहेको गोप्य सूचना पाएपछि प्रहरी बुधबार विहान ३ बजे घटनास्थलमा पुगेको थियो ।
अनुसन्धानका क्रममा पहिलो चरणमा पाँच जना पक्राउ गरेको पुष्टि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मणबहादुर शाहीले बताउनुभयो ।
उहाकाअनुसार घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता देखिएकाले पक्राउका लागि प्रहरी खटाइएको छ । घटना प्रभावित हुने भएकाले पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।
प्रहरीले घटनास्थलबाट जरायोको मासुसमेत बरामद गरेको जनाएको छ । काँक्रेविहार वन क्षेत्र संरक्षित जंगल हो ।
संरक्षित जंगलमा रहेका वन्य जन्तुलाई क्षती पु¥याउन थालेपछि जरायोदेखि अन्य जनावरहरु लोप हुदै गएका छन् ।
जरायो मारेको आरोपमा वीरेन्द्रनगरका पाँच जना पक्राउ
जरायो मारेको आरोपमा वीरेन्द्रनगरका पाँच जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
