सुर्खेत । कर्णाली प्रदेश अस्पतालको सेवालाई अझै सुधार गर्दै लैजान सुझाव दिइएको छ ।
कर्णाली प्रदेश मामिला समितिले प्रदेश अस्पताल सुर्खेतको आज अनुगमन गर्दै अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सुझाव दिएको हो ।
समितिका सभापती कल्याणी खड्काको नेतृत्वमा अस्पतालको अनुगमन गर्दै सेवा ग्राही बिरामीहरुबाट विभिन्न गुनासाहरु आएको भन्दै त्यसको समाधान हुनेगरी सेवालाई थप व्यवस्थित गर्न सुझाव दिएकोे छ ।
समितिका सभापती खड्काले अस्पतालको सेवाको गुणस्तर राम्रो रहेको भन्दै अझै सुधार गरेर लैजान सुझाव दिएको बताउनुभयो ।
सेवाग्राही बिरामीहरुले लामो समय लाइन बस्नुपरेको, कुन कोठाबाट डाक्टरले के सेवा दिन्छन्, जानकारी नभएको जस्ता गुनासा गरेकाले यसलाई व्यवस्थापन गर्नसुझाव दिइएको बताउनुभयो ।
उहाले भन्नुभयो, “समितिबाट आज हामीले अस्पतालको अनुगमन गर्यौ । अस्पतालमा दिइने सेवासँगै भौतिक संरचना पनि राम्रो छ । तर केही बिरामीहरुले लामो समय लाइनमा बस्नुपरेको, डाक्टरहरुले कुन कोठाबाट के सेवा दिन्छन जानकारी नपाएर अलमल परेको जस्ता गुनासो गर्नुभयो, त्यसलाई व्यवस्थापन गर्न सुझाव दिएका छौँ ।”
शिक्षण अस्पताल संचालनका लागि कानुन बनाइदिनुहोस्ः डाक्टर खड्का
कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले अन्य अस्पतालकोभन्दा फरक सेवा अस्पतालबाट दिइरहेको बताउनुभएको छ ।
उहाले बिरामीको चापका बढ्दै गएको तर जनशक्ती पर्याप्त नहुँदा पनि आफुहरुले सेवालाई प्रभावकारी बनाएको बताउनुभएको हो ।
अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्नेगरी अगाडी बढाउने बाटो खुल्ला गरिदिन प्रदेश सरकारलाई आग्रह समेत गर्नुभएको छ ।
उहाले भन्नुभयो, “शिक्षण अस्पताल गराउनेगरी प्रदेशसभाबाट पारित गरिदिन आग्रह गर्छु । त्यो फाइल मन्त्रालयमा पुगेको छ, त्यसलाई अगाडी बढाइदिएपछि हामीलाई यहाँ शिक्षण अस्पताल संचालन गर्न बाटो खुल्ने छ । अनि कर्णालीमै डाक्टर उत्पादन हुन शुरु हुने छ, भने सेवालाई अझै प्रभावकारी बनाउन सकिने छ ।”
“तपाईंहरु संसदबाट पारित गरिदिएर कानुन बनाइीदिनुहोस्, अरु काम त हामी अगाडी बढाइहाल्छौँ” सांसदहरुसँग डाक्टर खड्काले भन्नुभयो ।
यस्तै, अनुगमन टोलीसँगको छलफलमा बोल्दै डाक्टर खड्काले आफुहरुले प्रभावकारी सेवा दिएकै कारण नेपालकै उत्कृष्ट अस्पतालहरुमध्य पहिलो नम्बर कर्णाली प्रदेश अस्पताल परेको बताउनुभयो ।
नेपालका अन्य अस्पतालहरुमा १० बजेदेखि ३ बजेसम्म ओपिडी सेवा दिने गरेको भन्दै प्रदेश अस्पताल सुर्खेतबाट ९ देखि ४ बजेसम्म ओपिडी सेवा दिने गरिएको जानकारी दिनुभयो ।
दन्त सेवा पनि प्रदेश अस्पतालबाट दिइने गरिएको भन्दै उहाले अन्य अस्पतालमा आँखाको ओपिडि सेवा मात्रै दिने गरिएको तर अप्रेसन सेवा प्रदेश अस्पताल सुर्खेतमा मात्रै रहेको बताउनुभयो । बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म यस्तो सेवा दिइने गरिएको उहाको भनाई छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अहिले दैनिक १५ सय जनाले उपचार सेवा लिने गरेका छन । प्रदेश अस्पताल तिन सय बेडमा संचालनमा छ । बिरामीहरुको चाप बढ्दै गएको भन्दै जनशक्तीको अभाव रहेको उहाले बताउनुभयो ।
यता, प्रदेशसभा सदस्यहरुले कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा संचालनको लागि आवश्यक पर्ने कानुन निर्माण गर्न पहलकदमी लिने प्रतिवद्धता जनाएका छन् ।
सांसद रणसिंह परियारले आफुहरुले यस विषयमा गम्भिर भएर कानुन संसदमा कुरा उठाउने प्रतिवद्धता जनाउनुभएको हो ।
प्रदेश अस्पतालको अनुगमनमा प्रदेशसभा सदस्यहरुसहित पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।
शिक्षण अस्पताल संचालन गर्न कर्णाली प्रदेश अस्पताललाई कानुनको अभाव, कानुन बनाइदिन आग्रह
शिक्षण अस्पताल संचालन गर्न कर्णाली प्रदेश अस्पताललाई कानुनको अभाव, कानुन बनाइदिन आग्रह
"सेवालाई अझै सुधार गर्दै लैजान सुझाव "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
