सुर्खेत । जुम्ला घर भएकी राधिका बुढालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।
सुर्खेतको वीरेन्द्रनर नगरपालिका–१२ हरियाली टोलबाट जुम्लाको चन्दननाथ नगरपालिका–६ की २२ वर्षीय राधिकालाई पक्राउ गरेको हो ।
वीरेन्द्रनगर–१२ हिलेखालीमा स्थित लागूऔषध कारोबार भइरहेको गोप्य सुचनाको आधारमा तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरोबाट सादा पोशाकमा खटिएका ५ जनाको प्रहरी टोली खटिएको थियो ।
प्रहरीले राधिकाको साथबाट नापतौल नगरेको १४ पुडिया (नाप तौल गर्दा शुद्ध तौल ६८० मि.ग्रा.) लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको हो ।
साथै उनको साथबाट एक लाख २१ हजार ४५० रुपैयाँसहित बरामद गरेको हो । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
लागु औषधसहित एक महिला पक्राउ
लागु औषधसहित एक महिला पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
