सुर्खेत । सुचना प्रविधिको विकाससँगै वस्तु उत्पादनको बजारिकरण पनि डिजिटल गर्न सुर्खेतका युवाहरुलाई तालिम दिइएको छ ।
वस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले सेभ द चिल्ड्ररन र समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको पावर परियोजनाको सहयोगमा बराहताल गाउँपालिकामा संचालन भएका साना उद्यमीहरुलाई डिजिटल बजारिकरण सम्बन्धी तालिम संचालन गरिएको हो ।
तालिममा १७ जना बराहताल गाउँपालिका अन्तरगतका साना उद्यमीहरुको सहभागिता रहेको छ ।
तालिममा प्रविधिमार्फत कसरी बजारिकरण गर्ने ? भन्ने विषयमा तालिम संचालन गरिएको परियोजना संयोजक तेज सोनामले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन कार्यक्रममा बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनले समयमै सीप सिकाइसँगै व्यवसायी बनाउनमा स्याक नेपालको गरेका कार्यक्रम उल्लेख्य भएको बताउनु भयो ।
उपाध्यक्ष पुनले सूचना प्रविधिमा व्यवसायसगँै बजारीकरण गर्न सके छिटो बजार प्रवद्र्धन हुने बताउनु भयो ।
प्रविधिमार्फत बजारिकरण गर्न तालिम
प्रविधिमार्फत बजारिकरण गर्न तालिम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

