जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–२ दुगाडा पाटनमा चट्याङ लाग्दा ५० वटा भेडाबाख्रा मरेका छन् ।
अस्ति असार २८ गते दिउँसो परेको चट्याङले भेडाबाख्रा मरेका पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।
चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको तथा ७० वटा हराएका पातारासी गाउँपालिकाको भेटेनरी शाखाका प्रमुख गगन केसीले बताउनुभयो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जुम्लामा सबैभन्दा धेरै भेडापालन हुने ठाउँ पातारासी हो ।
पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा क्षति हुने गरेको छ ।
राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सहयोग मागेको पीडित किसान कृष्ण ऐडी र मिमबहादुर बोहोराले बताउनुभएको छ ।
पालिकाबाट सक्दो सहयोग गर्ने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभएको छ ।
जुम्लाको दुगाडा पाटनमा चट्याङ लागेर ५० वटा भेडाबाख्रा मृत्यु
जुम्लाको दुगाडा पाटनमा चट्याङ लागेर ५० वटा भेडाबाख्रा मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

