सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर– ७ मेहलकुना बजारबाट अब नागरिकता सेवा पाईने भएको छ ।
शनिबार इलाका प्रशासन कार्यलयको उद्घाटन भएसगैँ पुर्वी सुर्खेतका नागरिकलाई नागरिकता सेवा लिन वीरेन्द्रनगर जानुपर्ने बाध्यता हटेको हो ।
शनिवार एक कार्यक्रमका बिच उप– प्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले सो कार्यालयको भवन उद्घाटन गर्नुभएको हो ।
प्रशासन कार्यालय उद्घाटन भएसङ्गै सिफारिस पत्र र नागरिकताको सेवा सुरू भएको छ । साथै दुई जना सेवाग्राहीहरूलाई आज नागरिकता प्रदान गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै उनले अब मेहलकुनामा ईलाका प्रहरी कार्यलय पनि छिटै सञ्चालन हुने बताउनुभयो ।
उहाले पोखरे मेहलकुना फोरलेनको काम तिव्र गतिमा भएको बताउनुभयो । मेलकुनामा ५० सय्याको अस्पतालको काम पनि तिव्र गतिमा अघि बढेको बताउदै नेता खड्काले भेरीगंगा नमुना उपत्यका सहर २० वर्षमा तयार गरेर भावि पुस्तालाई नासो दिने उल्लेख गर्नुभयो ।
साथै मुलुकको अर्थतन्त्रले साथ नदिएको बताउदै उन्नती प्रगति हुन नसकेको नेता खड्काको भनाई थियो ।
उहाले बाहिर देशहरूको लडाइँले आएमा असर परेको बताउनुभयो । अहिले ७० वर्षको परिवर्तनलाई औँला ठडाउने काम भईरहेको भन्दै समयले अबसर र चुनौति दुबै दिएको उनले उल्लेख गर्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्री, कृष्ण बहादुर जिसी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, लेकबेशी नगरपालिका प्रमुख उमेश पौडेल, विभिन्न राजनीतिक दलका प्रतिनिधी कर्मचारी लगाएतको सहभागी रहेको थियो ।
सुर्खेतको मेहलकुनाबाट पनि नागरिकता पाइने
सुर्खेतको मेहलकुनाबाट पनि नागरिकता पाइने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
