सुर्खेत । नेपाल प्रेस युनियन सुर्खेतको नयाँ कार्य समिति चयन भएको छ ।
शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको आठौ जिल्ला अधिवेशनले मधुवन बीसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
युनियनको सचिवमा रमेशकुमार पाण्डे निर्वाचित हुनुभएको छ भने उपाध्यक्ष खुलामा बुद्धसिंह ठकुरी र महिला उपाध्यक्षमा सीता आचार्य, सहसचिवमा संगिता भण्डारी र कोषाध्यक्षमा टेकराज केसी चयन भएका छन् ।
सदस्यहरुमा मानबहादुर खड्का, नवीन सुवेदी, जगतदल जनाला विक, कमलकुमार न्यौपाने, विष्णु सापकोटा, अम्मरबहादुर कार्की, हुमबहादुर कार्की, महिला सदस्यमा भावना राना, अनमिका बोहरा चयन भएका छन् ।–––
मधुवन वीसीकाे अध्यक्षतामा नेपाल प्रेस युनियन सुर्खेतको नयाँ कार्य समिति चयन
मधुवन वीसीकाे अध्यक्षतामा नेपाल प्रेस युनियन सुर्खेतको नयाँ कार्य समिति चयन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
