बाँके । आर्थिक वर्ष ०७९÷०८० मा बाँकेमा विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी सहायक डिभिजनल वन अधिकृत गणेश खड्काले घाइते, टुहुरा, बाटो बिराइ गाउँ बस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार गरिएको जानकारी दिनु भएको छ ।
खड्काका अनुसार अधिकांश वन्यजन्तु जीवितै उद्धार गरिएको छ भने केही मृत अवस्थामा उद्धार गरिएको हो ।
सूचना अधिकारी खड्काले जिल्लाका विभिन्न स्थानबाट अजिङ्गर, रशियल भाइपर, रेड स्यान्ड बो, मगर गोही, गोमन सर्प, चितुवाको बच्चा, रातो आसामी बाँदर, सुन गोहोरो, निल गाइको बच्चा, हुचिल, धामन सर्प, बँदेल, चित्तलको बच्चा, मृत चितुवा, मृत बाघ लगायतका वन्यजन्तुको उद्धार गरिएको जानकारी दिनुभएको हो ।
जीवितै उद्धार गरिएका वन्यजन्तुहरूलाई बाँकेका विभिन्न सामुदायिक वनहरूमा पुनर्स्थापना गरिएको उहाँले बताउनु भएको छ ।
केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको तथा मृत उद्धार गरिएका वन्यजन्तुहरूलाई खाल्डो खनेर गाडिएको खड्काले बताउनु भएको हो ।
घाइते वन्यजन्तुहरूलाई डिभिजन वन कार्यालयमा राखेर औषधि उपचार पश्चात् पूर्ण रूपमा निको भएपछि मात्र जङ्गलमा पुनर्स्थापना गरिएको उहाँले जानकारी दिनु भयो ।
आर्थिक वर्ष २०७८÷०७९ मा विभिन्न प्रजातिका ३१ वटा वन्यजन्तुहरूको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेको तथ्याङ्कमा छ ।
बाँकेमा विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार
बाँकेमा विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
