जुम्ला । जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडमा पर्याप्त मात्रामा नुन पुगेको छ ।
डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले बताउनुभयो ।
सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख मल्लले जुम्लामा नुनको अभाव नरहेको भन्दै अबको केही सातापछि आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने बताउनुभयो ।
गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपझोक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले भाडँभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए ।
गत आव २०७९÷०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार दुई सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ।
यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले बताउनुभयो ।
जुम्लामा पर्याप्त नुन मौज्दात
जुम्लामा पर्याप्त नुन मौज्दात

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु