सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
वीरेन्द्रनगर नगरपालिका–१४ राम्चे बस्ने ४० वर्षीया गोविन्द दर्लामीलाई बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले दर्लामीको घरबाट १ नाल भरुवा बन्दुक फेला पारको थियो ।
प्रहरीले बन्दुकसहित उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको जनाएको छ ।
यता, जिल्ला अदालत सल्यानबाट भद्र व्यबहार र लुटपाट मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको ३ जनाको प्रहरी टोलीले घरमा लुकिछिपि गरेर बसिरहेको सयमा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा शारदा नगरपालिका–१५ बस्ने अन्दाजी २२ वर्षीया करन वादी र शारदा–५ बस्ने ३६ वर्षीया राजेन्द्रबहादुर महतरा रहेका छन्।
करन वादीलाई अभद्र व्यबहार मुद्दामा ५ हजार जरिवाना र महतरालाई लुटपाट मुद्दा लागेपछि फरार भएको प्रहरीले जनाएको छ। उनिहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सल्यानमा राखिएको छ।
सुर्खेतको वीरेन्द्रनगरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
सुर्खेतको वीरेन्द्रनगरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
