सुर्खेत । काठमाडौंबाट सुर्खेत आउदै गरेको बोलेरो जिप सुब्बाकुना नजिक दुर्घटना हुँदा तिनजना घाईते भएका छन् ।
बिएबी १९२३ नम्बरको बोलेरो जिप आज दिउँसो १ बजे दुर्घटना हुँदा चालकसहित तिनजना घाईते भएका हुन् ।
घाईतेहरुको उद्दार गरि मायाँ नर्सिङ होममा पठाईएको सुब्बाकुना प्रहरी चौकी ईन्चार्ज पदम बहादुर बलायरले बताउनुभयो । उहाका अनुसार घाईतेहरुको अवस्था सामान्य रहेको छ भने उनिहरुको नाम भने खुल्न सकेको छैन् ।
गाडि डि प्रोक्स संस्थाको रहेको जनाईएको छ ।
