सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले छाडा पशु व्यवस्थापन गर्न भन्दै दुई बर्ष अगाडी वडा नम्बर ११ को प्रशान्ती धार्मिक वन क्षेत्र भेरी किनारमा गौशाला निर्माण गरेको छ ।
गौशाला निर्माण भएपछि वीरेन्द्रनगरमा रहेका छाडा पशुचौपायको व्यवस्थापन भएको छ । तर अहिले गौशालामा राखिएका गाईहरु छाडा छोडिँदा दुर्घटनाको जोखिम बढेको छ ।
गौशाला रहेको क्षेत्र नजिक रत्न राजमार्ग अन्तरगतको सडकमा गाईगोरु छाडा छोडिँदा दुर्घटनाको जोखिम बढेको हो ।
गौशालामा गाईगोरु व्यवस्थापनको लागि चारजना कर्मचारी समेत खटाइएको छ । तर गाईहरु भने सडकमा छाडा हुन थालेपछि दुर्घटना जोखिम बढेको यात्रुहरुले गुनासो गरेका छन् । गौशालामा हुनुपर्ने गाइहरु रत्न राजमार्ग अन्तरगतको सडकमा छाडा नछोड्न र गौशालामा नै राख्न यात्रुहरुको सुझाव छ ।
यता, वीरेन्द्रनगर नगरपालिकाले भने यस विषयमा बुझेर पशुचौपाय छाडा नछोड्न निर्देशन जारी गर्ने बताएको छ ।
नगरपालिका पशु शाखा प्रमुख यज्ञ पाण्डेले पशु चौपायको हेरबिचारको लागि कर्मचारी खटाइएको भन्दै पशुहरु छाडा नछोड्न निर्देशन दिने जानकारी दिनुभयो ।
गौशालाका गाई सडकमा, दुर्घटनाको जोखिम
गौशालाका गाई सडकमा, दुर्घटनाको जोखिम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

