सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीवासीको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित आव २०७९–८० को मन्त्रालयस्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी कार्यक्रममा नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको कृषि क्षेत्रमा परिणाम आउने गरी काममा लाग्न कार्यालय प्रमुखलगायत कर्मचारीलाई निर्देशन दिनुभयो ।
कर्णाली प्रदेश सरकारले लिएको समृद्धि तथा प्राङ्गारिक प्रदेश निर्माणको अभियानमा दिन आग्रह गर्दै उहाँले रैथानेबाली उत्पादनको दिगो विकास तथा प्रवद्र्धनका कार्यक्रम लागू गर्नेतर्फ गम्भीर भएर लाग्न महाशाखा, निर्देशनालय र दशवटै जिल्लाका प्रमुखलाई सुझाउनुभयो । उहाँले मन्त्रालयको गत आवको ७६ प्रतिशत वार्षिक प्रगतिलाई आगामी वर्ष ढाउने लक्ष्यका साथ कार्यमा जुट्न अनुरोध गर्नुभयो ।
मन्त्रालयका सचिनिरहरिप्रसाद घिमिरेले समीक्षाले सिकाएको पाठलाई आधार बनाएर चालु आव २०८०–८१ लाई नतिजामुखी बनाउन अहिले नै विशेष कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई सुझाव दिनुभयो ।
समीक्षामा कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाय, सहरकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार खुमप्रसाद सुवेदी, पशुपक्षी निर्देशनालयका निर्देशक कृष्णप्रसाद रिजाल, कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रका प्रमुख पदमबहादुर सुवेदी र एकीकृत कृषि प्रयोगशालाका प्रमुख परशुराम रावतले आव २०७९–८० को वार्षिक प्रगति, समस्या–चुनौती र समाधानका लागि गरिएका प्रयास समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
रैथाने बालि संरक्षणमा जोड दिऊः मन्त्री शर्मा
रैथाने बालि संरक्षणमा जोड दिऊः मन्त्री शर्मा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

