सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुले स्थानीय तहले दिने सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव दिएका छन् ।
सुर्खेतको सिम्ता गाउँपालिकामा गरिएको सार्बजनिक बहस कार्यक्रममा बोल्दै उनिहरुले स्थानीय सरकारले दिने सेवा र संरचनालाई अपाङ्गतामैत्री बनाउन आग्रह गरेका हुन् ।
सिम्ता गाउँपालिकाका ऐन बहादुर विकले अपाङ्गता भएका व्यक्तीहरुलाई सजिलोसँग सेवा पाउने वातावरण बनाउन माग गर्दै जनप्रतिनिधिहरुलाई पनि सजिलैसँग भेट्न पाउनुपर्ने बताउनुभयो ।
अर्का सहभागी योगेन्द्र शाहीले ब्रेनलिपीबाट आफ्नो जिज्ञासा राख्दै गाउँपालिमा बन्दै गरेका भौतिक संरचनाहरु अपाङ्गमैत्री भए नभएको अनुगमनको पाटो कस्तो छ भनी प्रश्न गर्नुभयो ।
अर्का सहभागी रुविन शाहीले पनि गाउँपालिका लगायतका कार्यालयमा सेवा लिन आउँदा दृष्टिबिहीनहरुलाई समस्या रहेको बताउनुभयो ।
गाउँपालिकामा डिजिटल नागरिक बडापत्र राखिएको भन्दै उहाले गाउँपालिकाबाट दिइने सेवालाई अडियो मार्फत जानकारी दिने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । “अहिले गाउँपालिकामा डिजिटल बोर्डको व्यवस्था गरिएको छ, यो राम्रो पक्ष हो । तर हामी दृष्ट्रिबिहीनहरुको लागि पनि सेवाको बारेमा जानकारी हुनेगरी अडियोको व्यवस्था गरिदिन म अनुरोध गर्दछु ।”
अर्का सहभागी वीरेन्द्र ओलीले पनि गाउँपालिमा अपाङ्गतामैत्री शौचालय नभएको भन्दै त्यतातर्फ ध्यान दिन आग्रह गर्नुभयो । उनिहरुले सबै अपाङ्गता भएका व्यक्तीहरुले अपाङ्गता परिचयपत्र नपाएको भन्दै गाउँपालिकाले यस विषयलाइ चासोको साथ राख्न आग्रह गरेका छन ।
यता, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले आफ्नो पालिकाको सेवालाई अपाङ्गमैत्री बनाउन प्रयास गरिएको भन्दै डिजिटल बोर्डमा समेत अडियोको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । “गाउँपालिकाले अहिले सबै सेवा डिजिटल बोर्ड मार्फत जानकारी दिइरहेका छौँ । त्यसमा अडियो साउण्ड राख्न मिल्छ भन्ने छ आगामी दिनमा अडियो पनि राख्ने प्रतिवता गर्दछु । उहाले भन्नुभयो ।”
यस्तै, गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मीले अपाङ्गता भएका व्यक्तीहरुलाई आर्थिक रुपमा मजबुत बनाउनेगरी आफुहरुले योजना बनाइरहेको भन्दै पालिकामा बन्ने हरेक भवनहरु अपाङ्गतामैत्री हुने बताउनुभयो । यो भन्दा पहिले के भयो थाहा छैन । उहाले भन्नुभयो, “हामी निर्वाचित भएर आएपछि बनिरहेका भौतिक संरचना तथा अन्य सेवालाई अपाङ्गमैत्री बनाइरहेका छौँ । हाम्रो पालिका अपाङ्गतामैत्री हुन्छ ढुक्क हुनुहोस् ।”
२०७८ को जनगणनाअनुसार सिम्ता गाउँपालिकामा ५७२ जना अपाङ्गता भएका व्यक्तीहरु रहेका छन ।
स्थानीय तहले दिने सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव
स्थानीय तहले दिने सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
